काठमाण्डु – नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ।देशभर हालसम्म कोभिड–१९ रोकथाममा खटिएका फ्रन्टलाइनर ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।जसअन्तर्गत प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बाग्मती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएका छन्।सरकारले फ्रन्टलाइनर ४ लाख ३० हजार जनालाई प्राथमिकताका साथ खोप लगाउने निर्णय गरेअनुरूप अब ३ लाख ४१ हजार ९९३ जनालाई खोप लगाउन बाँकी छ।

भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको १० लाख डोज (मात्रा) खोप ७७ जिल्लाका १८५ खोप केन्द्रबाट लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार चौथो दिनसम्म ६४ हजार ४२२ व्यक्तिले खोप लगाएका थिए ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले अबको पाँच दिनभित्र खोप लगाउन आग्रह गरिएको छ।स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

देशभर आइतबार १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २ हजार २९ जना रहेको छ।आइतबार देशभर ३ हजार ३०८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर पीसीआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ।आइतबार थप २ जनाको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ । हाल १०२ जना क्वारेन्टिनमा रहेका छन् ।आइतबार देशभर २८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah