काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २७७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ।

गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ र २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ५ आइसियुमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा एकजना आइसियुमा रहेका छन् भने कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah