मुम्बई । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् ।
ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन्, जुन घर मुम्बईको जुहूमा रहेको थियो । प्रियंका र निक जोनसले २०१८मा यसै घरमा विवाह गरेका थिए ।
घरको नाम कर्मयोग हो । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ ।
समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको छ ।
कामको कुरो गर्ने हो भने उनी पछिल्लो समय शिरीष कुन्द्राको वेब सीरीज मिसेस सीरियल किलरमा देखिएकी थिइन् ।
यो सीरिज ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । उनी छिट्टै फिल्म ‘बच्चन पाण्डे’, ‘भुत पुलिस’ र ‘सर्कस’ समेत देखिनेछिन् ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।



