प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना देशको रक्षाका लागि जुनसुकै योगदान गर्न तयार रहेको बताएका छन् । सोमबार देशकै ठुलो सैन्य तालिम केन्द्र त्रिशुलीमा सैन्य आधार तालिमको समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति क्षेत्रीले सो कुरा बताएका हुन् ।
प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले देश रक्षार्थ सदैव अग्रभागमा रहेर कार्य गरिरहेको बताउँदै आगामी दिनमा पनि नेपाल राष्ट्र, र राष्ट्रियता संरक्षणमा अग्रभागमै रहेर कार्य गर्ने बताए । उनले नेपाल राष्ट्र र राष्ट्रियताको संरक्षणमा सदैव लाग्न सैनिक जवानहरुलाई कडा निर्देशन समेत दिए ।
प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले आफ्नो देशको परराष्ट्र नीति उच्च राख्न सफल भएको समेत स्पष्ट पारे । क्षेत्रीले आगामी दिनमा देशको रक्षाका लागि नेपाली सेनाले जुनसुकै योगदान गर्न तयार रहेको बताए ।
प्रधानसेनापति क्षेत्रीले नौ महिनादेखि सन्चालित सिसं ६६ सैैन्य आधार तालिममा सहभागी एक सय एक महिलासमित तीनसय ८६ जना सेना सिपाहीमा पदोन्नती भएको घोषणा गरेका थिए ।



