काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोक्किएको छ ।
विराटनगरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर–७२ विमान अवतरणपछि धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किँदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको आजको कान्तिपुरमा खबर छ ।
कोटेश्वरतर्फको अन्तिम ट्याक्सी वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठककर दिएको हो ।
‘७ः३१ देखि ७ः ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुप¥यो,’विमानस्थलका प्रवक्ता पे्रेमनाथ ठाकुरले भने ।
यसले गर्दा मस्कटबाट काठमाडौं अवतराण् गर्न लागेको ओमन एयरको विमान भारतको लखनऊ डाइभर्ट भयो भने दोहाबाट आएको कतार र इत्तिहाद एयरलाइन्सका दुई विमान होल्डमा परे ।



