पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय बन्ने भएको छ । यसका लागि रु सात करोड बजेट विनियोजन भएको छ ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गलकोट नगरपालिकाको लागत साझेदारीमा सङ्ग्रहालय निर्माण तथा पर्यटकीय लेक घुम्टेसम्म सडक पहुँच विस्तारका लागि लागि सो बजेट छुट्टिएको हो । मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार उक्त आयोजना छनोटमा परेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको रु चार करोड ५५ लाख र नगरपालिकाको रु दुई करोड ४५ लाखको लागत साझेदारीमा पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ ।

“मूर्तिकला सङ्ग्रहालयमा पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्टे जोड्ने सडकको स्तरान्नति गरिनेछ, यही वर्षदेखि काम शुरु हुन्छ”, नगरप्रमुख गैरेले भन्नुभयो । आयोजना पार्न गलकोट नगरपालिका, गलकोट घुम्टे कला प्रतिष्ठानलगायतले पहल गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले मूर्तिकला सङ्ग्रहालयका लागि सरकारी तवरबाट महत्वपूर्ण सम्बोधन भएको बताउनुभयो ।“विस्तृत आयोजना प्रतिवेदनअनुसार सङ्ग्रहालय निर्माणको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानको आयोजनामा गत वर्ष फागुनमा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति सङ्ग्रहालयमा प्रतिस्थापन गरिसकिएको छ ।

कार्यशालामा नेपालसहित १० देशका १५ प्रसिद्ध कलाकारले ढुङ्गाका मूर्ति कुँदेका थिए । मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवनचक्र, संस्कृति, सभ्यताबारे मूर्त, अर्धमूर्त र अमूर्त कला भरेका थिए । सङ्ग्रहालयमा बगैँचा, फुटपाथ, प्रवेशद्वार निर्माणलगायतका काम अगाडि बढाइएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, साजसज्जादेखि थुप्रै संरचना निर्माण गर्न बाँकी नै रहेको प्रतिष्ठानले जनाएको छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । कार्यशालास्थलमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पु¥याउने काम यसअघि नै भइसकेको छ । मूर्तिकला सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक महत्वको सम्पदास्थल बनाउने लक्ष्य लिइएको छ ।मूर्तिकला सङ्ग्रहालयका लागि झण्डै रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।कार्याशालास्थलका लागि स्थानीयवासीले झण्डै ३० लाख मूल्यको २५ रोपनी जग्गा निःशुल्क दिएका थिए । कार्यशाला सम्पन्न गर्ने बेलासम्म रु दुई करोड ३० लाखभन्दा बढी खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकारको बजेटसहित जनसहभागिता पनि जुटाइएको छ । सङ्ग्रहालयलाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने सडक निर्माणले पनि गति लिएको छ ।टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन तीन वर्षअघि काम थालिएको थियो ।साझेदारी कार्यक्रममार्फत छुट्टिएको बजेटबाट उक्त सडक निर्माण र स्तरोन्नतिको काम हुने नगरपालिकाले जनाएको छ । तीन किमि सडक बनेको र दुई किमिमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । पहिलो वर्ष गलकोट नगरपालिकाको रु आठ लाख बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो ।गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको रु १३ लाख बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । चालु आवमा पनि सोही मन्त्रालयकै रु सात लाख बजेटबाट काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah