लकडाउनपछि नेपालमा बग्रेल्ती म्यूजिक भिडियो बनिरहेका छन् । भिडियोमा काम गरेर धेरै कलाकारले राम्रै आम्दानी पनि गरिरहेका छन् । चलचित्रमा काम गरेका कलाकारले भिडियोका लागि १ लाखसम्म पारिश्रमिक लिदै आएका छन् ।पल शाह, पूजा शर्मा, आकाश श्रेष्ठ, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार सर्वाधिक महंगो पारिश्रमिक लिन्छन् । तर, एक म्यूजिक भिडियोमा काम गरे वापत हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ५ लाख पारिश्रमिक वुझेका छन् ।‘इस’ बोलको गीतमा काम गरेवापत केदारले ५ लाख पारिश्रमिक लिएका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केदारले ५ लाख लिएको स्विकार गरे । उनले भने–‘यो गीत मन परेपछि मैले यसका निर्मातालाई भिडियोको अधिकार आफूलाई दिन आग्रह गरेको थिएँ । तर, उहाँले भिडियो आफै सार्वजनिक गर्ने भन्दै मेरो पारिश्रमिक सोध्नुभयो । मैले ५ लाख लिएर काम गर्छु भने । उहाँले मलाई ५ लाख दिन तयार हुनुभयो ।’ आफूले पारिश्रमिक वुझिसकेको केदारले बताए ।

भिडियोमा ५ लाख लिएर काम गरेका केदार सर्वाधिक महंगो मोडल समेत बनेका छन् । तर, आफूले निरन्तर भिडियोमा काम नगर्ने उनको भनाई छ । उनले भने–‘मलाई गीत पनि मन परेको थियो, यसैले काम गर्न तयार भएको हुँ ।’सम्राट चौलागाँइको शब्द तथा संगीत रहेको यो गीतमा सम्राट र रचना रिमालको स्वर छ । भिडियोमा पल शाह, गीता ढुंगाना, केदार प्रसाद घिमिरे, दिपाश्री निरौला, निर्मल शर्मा, सन्देश लामिछाने, सुमन गिरी लगायतको अभिनय हेर्न सकिन्छ ।यो गीत तयार भएपछि केदारले नै संचालन गर्दै आएको ‘आमा अग्नी कुमारी मिडिया’बाट सार्वजनिक भएको छ । केदारले भने–‘पछि सम्राटजीले नै मलाई गीत मेरै च्यानलबाट सार्वजनिक गरौं भन्नुभयो । गीतको शत प्रतिशत आम्दानी उहाँलाई नै दिनेगरि सहमती भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah