ताप्लेजुङ : झापाका खड्गराज लुइँटेललाई हिउँ खेल्ने रहर सानैदेखिको हो। यस पटकको पाथीभरा यात्रामा उनको त्यो रहर पूरा भएको छ। ‘हिउँ खेल्नै भनेर यसअघि पाथीभरा दुई पटक आएँ, तर त्यो बेला हिउँ थिएन,’ परिवारसहित पाथीभरा आएका लुइँटेलले भने, ‘यो पालि भने हिउँमा रमाउँदै पाथीभरा दर्शन गर्ने धोको पूरा भयो।’शनिबार फेदीदेखि मन्दिरसम्मै हिउँको मज्जा लिएको उनले सुनाए। काफ्लेपाटीदेखि चार किलोमिटर बढी हिउँले छोपेको बाटो छिचोल्दै शनिबार ४ सयभन्दा बढीले मन्दिर दर्शन गरेका मुख्य पुजारी डिल्ली आचार्यले बताए। ‘काठमाडौं, झापा, मोरङ, सुनसरीदेखिका तीर्थयात्री आउनुभयो,’ उनले भने, ‘बिहान मौसम खुलेकाले पूजासँगै हिमालको समेत दृश्यावलोकन गर्न पाउनुभयो।’मोरङबाट आएकी रमला तामाङले पहिलो पटक प्रत्यक्ष हिउँ देखेको सुनाइन्। ‘अत्यन्तै खुसी लागेको छ, हिउँ खेल्दै पाथीभरा माताको दर्शन गरियो,’ शनिबार पाथीभराबाट फर्किंदै गरेकी उनले भनिन्, ‘हिउँको बारेमा सुनेको र पढेकी मात्र थिएँ, अहिले साक्षात्कार गर्न पाएँ।’ पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा छ।

पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। कञ्चनजंघा, कुम्भकर्णसहित एक दर्जनभन्दा बढी हिमाल पाथीभरा मन्दिर परिसरबाट आँखैअगाडि देख्न सकिन्छ। मोटरबाटोको स्तरोन्नतिपछि पाथीभराको काफ्लेपाटीसम्म सहजै साना सवारी पुग्न थालेका छन्। बर्सेनि तीर्थयात्री बढिरहेका पाथीभरा क्षेत्र विकास समिति सदस्य गोपाल न्यौपाने बताए। दिनमा १५ हजारसम्मले पाथीभराको दर्शन गरेको तथ्यांक समितिसँग छ।सदरमुकाम फुङलिङ नजिकै हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेको घुइँचो लागेको छ। मन्दिरका कर्मचारी राजेन्द्र महतका अनुसार हिउँ परेको ठाउँमा जाँदा चस्मा अनिवार्य रूपमा लगाउनुपर्छ। हिउँ खेलेलगत्तै आगो ताप्नु हुँदैन। पाथीभरा दर्शनका लागि झापा, काठमाडौं, सुनसरी, मोरङलगायतका जिल्लाबाट आएकाहरू हिउँसँग साक्षात्कार गर्न पाएकोमा खुसी छन्। पूर्वी तराईवासीका लागि पाथीभरा हिउँमा रमाउने छोटो दूरीको उपयुक्त गन्तव्य रहेको मोरङका ध्रुव राईले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah