असार २ गते शुक्रबारदेखि तारेभिर पुर्वी नेपालका सबै चलचित्र हलहरु सहित देशभर एकैसाथ प्रर्दशन हुदैछ । प्रेम सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘तारेभीर’ हेर्न लायक चलचित्र रहेको यसको बिशेष प्रर्दशनी हेर्ने दर्शकहरुले बताइसकेकाछन् ।
हिरोइनहरु मुख्य भूमिकामा रहेको चलचित्र कमै बनाइ गरेको छ । तर यस चलचित्रमा हिरोइनहरुलाइ मुख्य भूमिकामा देख्न सकिन्छ । एक्सनले भरिपूर्ण रहेको चलचित्रमा देशभक्ति दर्शाउन खोजिएको छ । निर्माता देउकृष्ण देवानले चलचित्र हेरेपछि कसैले पनि बेकार समय गएछ भन्ने नहुने बताए ।
उनले एक पटक पुर्वेली कलाकारको अभिनय हेरिदिन पनि दर्शकहरुलाइ आग्रह गरेकाछन् । अधिकाँश पूर्वेली कलाकारहरु यस चलचित्रमा रहेकाछन् । चलचित्रकी नायिका रेखा फागोले आफ्नो पहिलो चलचित्र अभिनय भएको भन्दै हेरिदिन आग्रह गरेकीछन् ।
युवराज राईले खिचेको चलचित्रमा प्रकाश गुरुङ, सनुप पौडेल र बर्विम शर्माको संगीत रहेको छ । चलचित्रमा नविन कार्की, विष्णु चेम्जोङ, रेखा फागो, प्रेम सुब्बा, कृष्ण देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ लगायत अभिनयमा छन् । गायिकाको रुपमा चिनिएकी बिष्णु चेम्जोङ्ग यसै चलचित्र बाट नायिका पनि बनेकी छिन् ।
गोविन्द राई र दिनेश माङ्वुले कोरियोग्राफी गरेको चलचित्रमा द्वन्द्व जनक गुरुङको रहेको छ । पटकथा र संवाद लेखनमा निर्देशक सुब्बालाई कृष्ण आचार्यले सघाएका छन् ।



