ज्ञानेन्द्र कोईराला/ नयाँ नयाँ म्युजिक भिडियो बजारमा सार्बजनिक हुने क्रममा गायक शिव परियारको अर्को एक नयाँ भिडियो सार्बजनिक भएको छ । शिव परियारको सुमुधुर स्वरमा सजिएको गीतलाई अशोक थापाले सगीत तथा संगीत संयोजन गरेका हुन् भने यसका गितकार दिपेन्द्र नेपाल हुन ।
यो भिडियोमा दिपक ,प्रियंका अधिकारी र दिपकको नै मुख्य अभिनय छ भने छायांकन तथा सम्पादन सागर पौडेलको र निर्देशन दिपक बरालको रहेको छ ।
पुर्बका भिभिन्न रमणीय स्थानहरुमा छायांकन भएको भिडियोलाई अत्यन्तै मेहेनत गरेको बताउछन् भिडियोका निर्देशक बराल । भिभिन्न टेलिचलचित्रमा अभिनयको अनुभव सँगालेका बरालको यो यो भिडियो पाहिलो भने हैन,युटुब च्यानल टिभी आर्ट बाट सार्बजनिक गरिएको यो भिडियोमा माया प्रेम र धोकालाई मुख्य बिषय बस्तु बनाइएको छ ।



