बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् ।नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, ‘मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत आएपछि मलाई कसैले थ प्प ड हा ने जस्तै भयो ।’ नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, ‘हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो । मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस् । मलाई त्यसकारण निकै पी डा हुन्थ्यो ।’ उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दु र्व्यव हारको खुलासा गरिन् ।
यो पनि : सोनम कपुरले सोधिन् भारतमा कहिलेदेखि लगाइन्छ कोभिड भ्याक्सिन
कोरोना भाइरसको खतरा अहिलेसम्म पनि यथावत् छ । भारतमा एकपटक पुनः कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । अर्कोतर्फ भारतमा कोरोनाको खोप पनि तीब्र रुपमा लगाइँदैछ । भारतमा कोरोनको भ्याक्सिन दोस्रो चरणमा १ मार्चदेखि ६० वर्ष र सोभन्दा माथि उमेरसमूहलाई खोप दिइनेछ । केन्द्रीयमन्त्री प्रकाश जवाडेकरले बुधबार यसबारे जानकारी दिएका हुन् ।
सोनमले सोधिन् यस्तो प्रश्नः यी सबका बीच नायिका सोनम कपुरले सोसल मिडियामा भ्याक्सिनबारे प्रश्न सोधिन् । सोनमले लेखिन्, ‘कसैले मलाई बताउन सक्नुहुन्छ हाम्रा हजुरबुवा–हजुरआमा, आमा बुवाले कसरी भ्याक्सिन लगाउन सक्नुहुन्छ र यो कहिले उपलब्ध छ ? म असाध्यै अलमलमा छु । सबैले आ–आफ्नै कुरा गरिरहेका छन् । म साँच्चै नै उहाँहरुका लागि यस्तो चाहन्छु ।’ यो ट्वीटका लागि सोनम कपुरलाई असाध्यै ट्रोल गरिँदैछ । धेरै मानिसहरुले उनलाई सरकारी साइटमा हेर्न भनिरहेका छन् । कतिले उनलाई समाचार हेर्न पनि भनिरहेका छन् । कतिले प्रकाश जावडेकरद्वारा गरिएको घोषणाबारे पनि उनलाई जानकारी दिए ।



