काठमाडौ । प्रेमी थिर कोइरालासंग दोस्रो विवाह गरेकी गायिका अञ्जु पन्तले पतिसंग माया साटिरहेको टिकटक बनाएकी छन्। आफैंले गाएको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा पतिको हातबाट खाना खुवाइरहेको टिकटक बनाएकी हुन्।

गायिका पन्तले इलाम घर भएका कोइरालासँग बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

साथै गायिका पन्तको बिबाह भएपछि निस्केको पहिलो गीत “म म रे र “भन्ने बोलको भिडियो बजारमा सार्वजनिक भएको छ। गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिए पछि उनको गीत सार्वजनिक भएको हो ।

अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्( परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।

 

https://youtu.be/3pLkRBgy2dg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah