काठमाडौं, २९ भदौ । प्रधानमन्त्री प्रचण्डलाई आसन्न भारत भ्रमणका क्रममा कुनै पनि विवादास्पद सन्धि–सम्झौता नगर्न पूर्वप्र्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुले सल्लाह दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार विहान पूर्वप्रधानमन्त्रीहरुसँग र दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरेका थिए ।
दुवै छलफलमा उनले भारत भ्रमण क्रममा कुनै नयाँ सम्झौता गर्ने सोच नभएको बताएको आजको कान्तिपुरमा खबर छ ।
प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालका अनुसार उनले विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनमै आफ्नो जोड हुने पूर्वप्रधानमन्त्रीहरुलाई बताए ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र डा. बाबुराम भट्टराई सहभागी थिए ।



