किम्मत गौतमले निर्देशन गरेको चलचित्र ‘गोर्खे’ मा पाँच जना युवा र उनीहरूले देखेको सपनामा केन्द्रित छ। आजबाट देशभरका ६० भन्दा बढी हलमा प्रदर्शनमा यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

काठमाडौं। कोरोना महामारीका कारण दर्शकहरूले हलमा नेपाली सिनेमा हेर्न पाएका छैनन्। सिनेमा हल खुलेपनि पुरानै तथा विदेशी चलचित्रहरू प्रदर्शनमा छन्। यसअघि माघ १ गतेबाट नयाँ नेपाली चलचित्र रिलिज भएको थियो। तर, दर्शकको मन जित्न सकेको थिएन्।त्यसको डेढ महिनाभन्दा लामो समयपछि अर्को नेपाली चलचित्र प्रदर्शनमा आएको छ। किम्मत गौतमको निर्देशनमा बनेको चलचित्र गोर्खे प्रर्दशनमा आएको छ।काठमाडौं उपत्यकासहित देशभरका ६० भन्दा बढी हलमा आजदेखि चलचित्र प्रदर्शनमा आएको चलचित्र वितरण रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले जानकारी दिए।

चलचित्रमा रवीन्द्र प्रतापसेन, अञ्जली अधिकारी, अर्जुन गुरूङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राई लगायतका कलाकारको अभियन छ। काजी लिम्बूको कथा रहेको उक्त चलचित्र कोजु इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो।हरि लामाको प्रस्तुति तथा तीर्थराम कोजु र हरि थापाको निर्माणमा बनेको यो चलचित्रलाई सौरभ लामा र निजर कँडेलले छायांकन गरेका हुन् भने मित्र डी गुरूङले सम्पादन गरेका हुन्। चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, जी.जी.ए. ग्रुप र एफ.डी कम्पनीले गरेको छ।

यो चलचित्रले पाँच जना युवाहरू र उनीहरूले देखेको सपनाको विषयमा निर्माण भएको हो। उक्त चलचित्र पाल्पा, बर्दघाट, धम्पुस, पोखरा, काठमाडौं लगायतका स्थानमा छायांकन गरिएको हो। कोरोना महामारीको समयमा दर्शकहरू हलसम्म पुग्न नसकिरहेको समयमा यो चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ त्यो भने प्रतीक्षाको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah