मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आर्थिक र व्यावसायिक रूपमा यो दिन लाभदायक हुनेछ। दीर्घकालीन आर्थिक योजना पूरा गर्न सक्षम हुनुहुनेछ। परोपकारी भावना उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। बिरामीको स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभहरूको आशा गर्न सकिन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंले कडा परिश्रमको अनुपातमा सानो नतिजा प्राप्त गर्नुभयो भने पनि वफादार भई कार्य गर्न जारी राख्नुहुनेछ। मिठो बोलीले नयाँ सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउँछन्। कला तथा पढ्न र लेखनमा रुचि बढ्नेछ। खानपानमा विशेष ध्यान राख्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यो दिन विशेष गरी जलाशय र स्त्री वर्गसँग सचेत रहनु पर्छ। मानसिक अशान्तिको कारण निर्णय शक्तिको अभाव हुनेछ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। शारीरिक र मानसिक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। आर्थिक रूपले यस दिन शुभ नरहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनाले मन प्रशन्न रहनेछ। साथीहरू, आफन्तहरूसँग रमणीय भेटघाट हुनुका साथै यात्राको योग बन्ने देखिन्छ। भाग्यवृद्धिको सम्भावना रहेको छ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यो दिन मिश्रित फलदायी रहनेछ। कार्यक्षेत्रमा निर्धारित सफलता हासिल नहोला। परिवारमा मेलमिलापको वातावरण हुनेछ। खर्चको रकम आय भन्दा बढी हुनेछ। रिस र अहंकारले तपाईंको काम बिगार्नेछ। मित्र तथा आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

वैचारिक समृद्धि बढ्नेछ। व्यापार व्यवसायमा लाभका साथै सफलता पनि प्राप्त हुने देखिन्छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। साथी-भाई तथा प्रियजनसँग भेटघाट गर्ने मौका मिल्नुका साथै उनीहरुबाट उपहार प्राप्त हुनसक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। बोलीमा संयम राख्नुपर्दछ, अन्यथा कसैसँग झगडा हुने सम्भावना छ। रमाईलो र मनोरन्जन क्षेत्रमा पैसा खर्च हुनेछ। परिवारका सदस्यको साथ मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना देखिन्छ। आफन्त तथा मित्रबाट पनि लाभ मिल्नसक्छ। सामाजिक समारोह, पर्यटन जस्ता आयोजनामा संलग्न हुनुहुनेछ। आयको स्रोत बढ्नेछ। सांसारिक जीवनमा आनन्दको अनुभव गर्नु हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको प्रसिद्धि, ख्याति र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ। सरकारी क्षेत्रबाट लाभ हुने सम्भावना छ। वैवाहिक जीवनमा मधुरता रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बौद्धिक कार्य वा साहित्य लेखन जस्ता प्रचलनहरूको लागि समय अनुकूल रहनेछ। व्यापारको क्षेत्रमा प्रतिकूल वातावरणको कारण मानसिक तनाब बढ्नेछ। शारीरिक थकानको महसुस हुनेछ। अनावश्यक खर्च बढ्नेछ। व्यर्थको झै-झगडामा नपर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

निषेधित कार्यहरू र नकारात्मक विचारहरूबाट टाढा नै रहनुहोला। अनावश्यक झै-झगडामा नपर्नुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोला। पारिवारिक वातावरण प्रतिकूल रहनेछ। आर्थिक संकटले सताउन सक्छ। मानसिक थकान महसुस हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

यात्राको योग बन्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। सार्वजनिक जीवनमा मान-सम्मान प्राप्त हुनेछ। दाम्पत्य जीवनमा घनिष्ठता बढ्नेछ। कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah