मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक स्फूर्ति तथा उत्साह बढ्नेछ । नया कार्यको शुभारम्भ गर्नका लागि समय अनुकुल रहेको छ। परिवारका साथमा समय आनान्दपुर्वक व्यतित हुनेछ। धार्मिक कार्यका पछाडी धन खर्च हुन सक्नेछ। प्रवास या पर्यटनको योग रहेको छ। मानसिक रुपमा स्वस्थताको अनुभूति हुनेछ। अनावश्यक बादविवादमा नाफस्दा नै राम्रो हुनेछ। समग्रमा याहाको आजको दिन शुभ फलदायी रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बानीमा बिशेष सतर्कता अपनाउनु पर्नेछ। नकारात्मक विचारधारालाई त्याग्नु पर्ने छ। खानपानमा बिशेष संयमित रहनु पर्नेछ। मध्यन्न्ह पश्चात भने अपेक्षा गरे अनुरुप नै कार्य सफल भएर जानेछ। रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

महत्वपुर्ण निर्णय सके सम्म आजको दिन नलिदा नै उचित हुनेछ। प्रियपात्र संगको भेटघाटमा नै दिन बित्नेछ। छोटो दुरीको यात्रा हुन सक्नेछ। भाई बहिनीको सम्बन्धमा आपसी सदभाव र निकटताको अनुभूति हुनेछ।मध्यानंह पश्चात भने स्वास्थ्यमा समस्या आउन सक्नेछ। धन तथा किर्तीमा हानी नोक्सानी हुन सक्ने सम्भावना रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पारिवारिक जीवनमा हानि नोक्सानी व्यहोर्नु पर्नेछ। माताको स्वास्थ्यमा आएको अचानक परिवर्तनले मनमा खिन्नता छाउने छ। धन तथा मान प्रतिष्ठामा आंच आउन सक्ने सम्भावना रहेको छ।सिर्जनान्त्मक कार्यमा मन जानेछ। बिद्यार्थीका लागि समय अनुकुल रहेको छ। मित्रका साथमा सम्बन्ध सुमधुर रहने छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बिधार्थीवर्गका लागि पढाई लेखाइमा सफलता मिल्नेछ। साहित्य , लेखनमा मन जानेछ। पारिवारिक वातावरणमा खुसियाली छाउने छ। व्यवसायमा सफलता मिल्नेछ। सहकर्मीको उचित साथ् सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धाका बिचमा पनि विजय हासिल गर्न सक्ने अनुकुल दिन रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दृढ मनोबल रआत्मविश्वासका साथमा प्रत्येक कार्यमा सरलतापूर्वक सम्पन्न भएर जानेछ। गृहस्थजीवनमा सुख शान्तीको अनुभूति हुनेछ। मनोरन्जनात्मक कार्यमा मन जानेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणीमा संयमित हुनु पर्ने छ। शारीरिक एवम मानसिक स्वास्थ्य अनुकुल रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

साथीसंगिका साथमा दिन अनुकुल रहनेछ। मनोरन्जनात्मक कार्यमा मन लाग्नेछ। स्वास्थ्य सामान्य रहनेछ। आकस्मिक खर्च हुन सक्ने सम्भावना रहेकाले बिशेष सावधानी अपनानउनु पर्ने छ। साथमा आकस्मिक धनलाभ हुनाले चिन्ता कम हुन सक्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अचानक स्वास्थ्यमा परिवर्तन आउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनुपर्नेछ। पारिवारमा कलहको वातावरण सिर्जना हुन सक्छ। मनमा नकारात्मक विचारधारा आउनबाट बच्नु पर्ने छ। इष्टदेवताको नाम स्मरण तथा अध्यात्ममा मन लगाउनाले हर समस्याबाट छुटकारा पाउन सकिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक रुपमा अस्वस्थता तथा मानसिक चिन्ता बढ्ने छ। ब्यापारमा हानी हुन सक्छ सचेत रहनुहोला। मध्यान्ह पश्चात भने स्वास्थ्य अनुकुल रहने छ। व्यवसायिक क्षेत्रमा लाभ हुनेछ। आर्थिक लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायमा उच्च पदाधिकारीको तर्फबाट भरपुर लाभ मिल्नेछ। ब्यापारिक् क्षेत्रमा पनि आयमा वृद्धि भएर जानेछ। सामाजिक सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ। आकस्मिक धन लाभ हुन सक्ने प्रबल सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

गृह एवम सन्तान सम्बन्धी शुभ समाचार सुन्न पाइनेछ।अचानक मित्र भेट हुन सक्ने सम्भावना रहेको छ। व्यवसाय एवम आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्यमा केहि परिवर्तन आउन सक्नेछ। आर्थिक कारोवारमा बिशेष सजकता अपनानुउनु पर्ने छ। धार्मिक कार्यको पछाडी धन खर्च हुन सक्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

छोटो समयमा नै अधिक लाभ प्राप्त हुने समय रहेको छ। अनावश्यक मनमुटावमा सामेल नहुदामा नै फाइदा मिल्ने देखिन्छ। स्वास्थ्य सामान्य रहने छ। आर्थिक कारोबार सम्बन्धी कार्यमा बिशेष ध्यान दिनुपर्ने छ। धार्मिक कार्यको लागि यात्रा हुन सक्नेछ। नया कार्यको थालनी गर्ने शुभ अवसर मिल्नेछ। आकस्मिक धन लाभको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah