हाम्रो शरीरको विभिन्न अंगहरुले हाम्रा स्वभावका बारेमा केहि न केहि कुरा संकेत गरिरहेको हुन्छ । जसमध्ये नङ यो छालाको महत्वपूर्ण भाग हो । नङले हात खुट्टाको सुन्दता बढाउने मात्र होइन यसले व्यक्तिको स्वास्थ्य अवस्था पनि बताउँछ । नङको रंग, आकारमा कुनै पनि असमान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत हुनुपर्छ ।

कस्ता नङ भएको व्यक्तिकाे स्वास्थ्य कस्तो हुन्छ ?

नङ फुल्ने- नङ फुल्दा नयाँ कपडा पाइन्छ भन्ने मान्यता रहेको छ तर त्यसो नभई नङ क्यालि्सयमको कमीले गर्दा नङ फुल्छ ।

सफा र गुलावी नङ- जुन व्यक्तिकाे नङ सफा र गुलावी हुन्छ त्यस्ता व्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । साथै यस्ता नङ भएको  व्यक्तिलाई चिनी रोग अर्थात मधुमेहको पनि डर हुन्छ ।

गोलो रंग- नङ गोलो आकारको छ भने त्यस्ता  व्यक्तिलाई स्वास-प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । साथै यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समेत समस्या हुन सक्छ ।

अर्धचन्द्रकार नङ- यदि नङमा अर्धचन्द्रकार भएन भने मुड अफ भइरहने, डिप्रेसन हुने, कपाल झर्ने, र तौल बढाउने गर्छ । यसका साथै थाइराइडको समस्या पनि हुन सक्छ ।

पहेंलो नङ-उमेर बढेसँगै नङ पनि पहेंलिदै जान्छ । तर जवान  व्यक्तिमै नङ पहेंलो भयो भने नङपाेलिसका कारण वा चुरोट खानेले वा जन्डिस, फंगलको संकेत पनि हुन सक्छ ।

सेतो डोरा- यदि नङमा सेतो डोराहरु छ भने पाैष्टिक तत्वकाे कमी वा मिर्गौलाको समस्या हुन सक्छ । नङ धेरै नै सेतो भएमा रगतको कमी भएको हुन सक्छ । नङ हल्का निलो भएमा फोक्सोमा समस्या हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय