पाकिस्तानको लाहौर विश्वविद्यालयबाट दुई विद्यार्थीलाई सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेको भन्दै निष्कासित गरिएको छ । विश्वविद्यालयमा पढ्ने एक युवतीले सबैको अगाडि युवकलाई फूल दिएको र उनलाई अँगालो हालेकी थिइन् ।विश्वविद्यालयका थुप्रै विद्यार्थीको अघिल्तिर यस्तो भएको भन्दै विश्वविद्यालयले दुबैलाई निकालिदिएको छ ,विश्वविद्यालयले एक बयान जारी गर्दै उनीहरुलाई एक अनुशासन कमिटीले बोलाएको तर उनीहरु पेश नभएको जानकारी दिएको छ । उक्त बयानमा दुबैले विश्वविद्यालयको नियमको उल्लंघन गरेको बताइएको छ । यसका साथै उनीहरुलाई विश्वविद्यालयका सबै क्याम्पसमा प्रवेशमाथि रोक लगाइदिएको छ ।

बीबीसीले यी दुईसँग यसबारे कुरा गर्न सम्पर्क गरेको तर उनीहरुबाट यसबारे जवाफ नआएको बताएको छ ।यद्यपि, दुबैले आफ्नो ट्वीटरमा एक–अर्कालाई मेन्सन गरेर आफूहरुले केही गलत नगरेको बताएका छन् ।

सोसल मिडियामा चर्चाः

ट्वीटरमा यो घटनाको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ । कतिले विश्वविद्यालयको तारिफ गरेको छ भने कतिले आलोचना पनि ।

वकिल जैनब मजारी हाजिरले लेखेका छन्, ‘यो देशमा विश्वविद्यालयमा यौन हिंसा, भीडमा हिंसा, गोप्य क्यामरा (छात्रालाई ब्ल्याकमेल) जस्ता घटना सहन भइरहेको छ तर उनीहरुले कहाँ रेखा कोरेका छन्ः दुई व्यक्तिको सहमतिमा अँगालो हाल्दा ।’पाकिस्तानमा पछिल्लो केही समयमा थुप्रै विश्वविद्यालयमा शिक्षक र कर्मचारीद्वारा विद्यार्थीमाथि दुष्कर्मका घटना सार्वजनिक भइरहेका छन् ।

सन् २०१७ मा बाचा विश्वविद्यालयका मशाल खानलाई भीडले हत्या गरेको थियो । उनीमाथि ईश–निन्दाको आरोप थियो । यसबाहेक राजनीतिक र धामिर्क संगठनबीच पनि थुप्रै हिंस्रक झडपको खबर थुप्रै विश्वविद्यालयबाट आइरहेका छन् ।

उप महाद्वीपमा विशेष रुपमा पाकिस्तान क्रिकेटसँग सम्बन्धित विषयमा कुरा गर्ने क्रिकेट विश्लेषक डेनिस फ्रिडम्यानले ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेर डेनिस लाहौर विश्वविद्यालय राखेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘विश्वविद्यालय विवाहको ब्यूरो होइन, उनीहरुलाई आफ्नो काम गर्न देउ ।’ यसको जवाफमा डेनिस नामका प्रयोगकर्ताले लेखेका छन्, ‘सही हो । क्याम्पसमा खाना खाने अनुमति दिनु हुँदैन किनभने त्यो रेष्टुरेन्ट होइन ।’

एक प्रयोगकर्ता अफजल खान जमालीले लेखेका छन्, ‘तपाईं बच्चाको बलात्कार गर्न सक्नुहुन्छ । उनीहरुलाई कुट्न सक्नुहुन्छ । उनीहरुको शोषण गर्न सक्नुहुन्छ तर जब प्रेमको कुरा आउँछ तब मानिसहरु भन्ने गर्छन् कि यो इस्लामिक रिपब्लिकन अफ पाकिस्तान हो । सार्वजनिक रुपमा विवाहको प्रस्ताव राख्नुमा गलत के छ ?’

यस्तै अर्का एक प्रयोगकर्ता एजाज अलीले लेखेका छन्, ‘एक युवा जोडीलाई निकै साधारण आरोपमा निकालियो भनेर सुन्दा निकै दुःख लाग्छ । उनीहरुको अगाडि पूरा जीवन छ । मलाई आशा छ लाहौर विश्वविद्यालयले आफ्नो निर्णय फिर्ता लिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah