काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय १४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
२७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार चार सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार चार सय ९५ पुगेको छ । अहिले नाै सय १५ जना आइसाेलेशनमा रहेका छन् ।
काेराेना सङ्क्रमणका कारण २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार १४ जनाले ज्यान गुमाएका छन् ।



