काठमाडौं– होली अर्थात फागू पूर्णिमा हरेक वर्ष पूर्ण उल्लासका साथ मनाइन्छ ।पूर्णिमाको रातमा होलिका दहन गरिन्छ र भोलि पल्ट रंगका साथ होली खेलिन्छ ।यो वर्ष चैत १५ र १६ गते होली पर्व मनाइँदैछ ।काठमाडौं लगायत पहाडी क्षेत्रमा चैत १५ गते आईतबार तथा तराईमा चैत १६ सोमबार होली मनाइँदैछ ।यद्यपि, विगतका वर्षको तुलनामा यस वर्षको होली पर्व विभिन्न कारणले विशेष रहने भएको छ ।ज्योतिषिहरुका अनुसार यसपटक होलीमा ४९९ वर्षपछि अद्भूत संयोग बनेको छ ।होलीमा बनेको यो विशेष संयोग, तिथि, होलाष्क र शुभ मुहूर्तका बारेमा केही जानकारी :

कस्तो संयोग ?

ज्योतिर्विदहरुका अनुसार यो वर्षको होलीमा चन्द्रमा कन्या राशिमा रहने छ भने बृहस्पति र न्याय देव शनि आ–आफ्नो राशिहरुमा विराजमान हुनेछन् । ज्यातिषहरुका अनुसार ग्रहको यस्तो महासंयोग सन् १५२१ मा पनि बनेको थियो । ठ्याक्कै ४९९ वर्षपछि यो वर्षको होलीमा त्यस्तै महासंयोग बन्दैछ ।

होलीमा बन्ने अर्को संयोग

रंग र खुशीको पर्व होलीमा यस पटक दुई वटा विशेष संयोग पनि रहेको छ । ज्योतिषिहरुका अनुसार होलीमा यस पटक सर्वार्थ सिद्धि योग र अमृत सिद्धि योग पनि बन्ने छ । यी दुवै योगलाई शुभ मानिन्छ ।

होलीको शुभ मुहुर्त

होली पर्वको विशेष अवसर अर्थात होलिका दहन चैत १४ गते विहान करिव साढे तीन बजेदेखि चैत १६ गते राति करिव सवा बाह्र बजेसम्म गरिने छ ।

होलाष्टक कहिलेदेखि ?

हिन्दु धर्ममा होली भन्दा आठ दिन पहिले समस्त शुभ कार्यमा रोक लगाइन्छ । यो समयावधिलाई होलाष्टक भनिन्छ । फागुन शुल्क अष्टमीदेखि होलिका दहनसम्म होलाष्टक रहन्छ । यसपटक होलिका दहन चैत १६ गते गरिने छ । त्यसैले होलाष्टक चैत ९ गतेदेखि चैत १५ गतेसम्म रहने छ ।

के हो होलाष्टक ?

हिन्दु धर्मको मान्यता अनुसार हिराण्य कश्यपले आठ दिनसम्म आफ्ना पुत्र
प्रह्लादलाई धेरै प्रताडित गरेका थिए । भगवान विष्णुको भक्त प्रह्लादमा कृपा थियो, त्यसैले उनी हरेक पटक हिराण्य कश्यपबाट बच्थे । त्यो समयदेखि ८ दिन पहिलादेखि होलाष्टक मनाउने परम्परा चलेको हो ।

कसरी बच्यो प्रह्लादको प्राण

हिरण्य कश्यपकी बहिनी होलिकालाई अग्निमा नजल्ने वरदान प्राप्त थियो । आफ्नो अहंकारी भाइले भने अनुसार होलिका आफ्नो भतीजा प्रह्लादलाई लिएर आगोमा बसिन् तर श्रीहरिको कृपाले प्रह्लादको प्राण बच्यो र होलिका जलेर भष्म भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah