त्रुवाहक विमान झ्यालै नराखिकन उडाउने अवधारणा सार्वजनिक गरिएको छ ।
विमानको क्याबिन डिजाइन गर्ने एक कम्पनीले निजी विमानको भित्री भागमा भित्तोदेखि भित्तोसम्म ओएलईडी स्क्रीनहरू जडान गर्ने अनि त्यसमा ग्राहकले चाहेको चलचित्र वा ल्यान्डस्केप राख्ने योजना बनाएको छ र
‘आगामी दिनमा विमानका झ्यालहरू आवश्यक हुने छैनन्,’ स्विट्जरल्यान्डको यासाभा कम्पनीले बताएको छ ।
यो विभिन्न आकारमा उपलब्ध हुनेछ र स्क्रीनहरू कुनै पनि आकारअनुसार जोडजाड गर्न मिल्नेछ । अहिले भइरहेका झ्याललाई यसले विस्थापित गर्नेछ ।
ओएलईडीलाई एउटा स्विच थिचेको भरमा परिवर्तन गर्न सकिन्छ । आफूले चाहेको जस्तो ल्यान्डस्केप त्यसमा देखाउन मिल्छ ।
यासाभाको पब्लिसिटी शटहरूमा ओएलईडी स्क्रीनहरूमा पानीमुनिको शान्त दृश्य, आरामदायी जंगल र बादलमाथिको सुनौलो आकाश देखाइएको थियो ।
ग्राहकहरूले यसलाई औधी मन पराएको र यसको बारेमा बेस्सरी कुरा गरेको यासाभाले जनायो ।
विमानका लागि पाँचवटा डिजाइनमा काम गरिरहेको जानकारी पनि उसले दियो ।
तर ओएलईडी स्क्रीनहरू पहिलेदेखि विद्यमान झ्यालमा हाल्न नमिल्ने यासाभाको भनाइ छ । यो राख्न विमानको भित्री डिजाइनमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ ।



