बृहस्पति ग्रह ६ अप्रिल मंगलबारको दिन मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ। यस राशिमा बृहस्पति १४ सेप्टेम्बरसम्म रहनेछ। देवगुरु बृहस्पतिको यो गोचरको प्रभाव सबै राशिमा शुभ र अशुभ रूपमा पर्नेछ। जान्नुहोस् सबै राशिमा यसको प्रभाव…..

मेष राशि

धार्मिक तथा मांगलिक कार्यको अवसर बन्नेछ। सन्तानप्रतिको जिम्मेवारी पूरा हुनेछ। विद्यार्थीहरूले शिक्षा प्रतियोगितामा पूर्ण सफलता प्राप्त गर्ने योग रहेको छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

वृष राशि

कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ, साथै नयाँ अनुबन्धमा हस्तक्षर गर्नको लागि पनि समय अनुकूल रहनेछ। कार्य-व्यापारमा लाभ मिल्नाले आयका स्रोत बढ्नेछन्। सम्पत्ति सम्बन्धि मामिलाहरू छिट्टै नै मिलाइनेछ। सामाजिक कार्यमा बढी खर्च हुनेछ तर तपाईंको प्रतिष्ठा पनि बढ्नेछ।

मिथुन राशि

भाइहरूलाई मतभेद र अविश्वासको वातावरण बनाउन नदिनुहोस्। विदेश यात्राको सम्भावना रहेको छ। आयका साधन बढ्नेछ। धर्मको मामिलामा गहिरो चासो रहनेछ। सोचेका सबै रणनीतिहरू प्रभावकारी हुनेछन्।

कर्कट राशि

व्यापारिक कार्यहरूमा केही हदसम्म सफलता हासिल गर्नु हुनेछ। आकस्मिक धन लाभको योग रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको अवसर प्राप्त गर्नुहुनेछ। तीर्थयात्रा वा सामाजिक कार्यमा धन खर्च हुनेछ। स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ।

सिंह राशि

स्वास्थ्य प्रति सतर्क हुनुहोस्। अधिक खर्च हुनसक्छ, सजग रहनुहोला। मांगलिक काम गर्ने अवसरहरू आउनेछन्। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। कर्यक्षेत्रमा तपाईंको सम्मान र प्रभाव बढ्नेछ। उच्च अधिकारीहरूको सहयोग मिल्नेछ।

कन्या राशि

गोप्य शत्रुहरुसँग सतर्क रहन जरूरी छ। कामको शिलशिलामा भागदौडको कारण मानसिक तनाब बढ्नेछ। अधिक खर्च हुने सम्भावना रहेको छ, सजग रहनुहोला। विदेशी कम्पनीमा रोजगारको लागि गरिएको आवेदन सफल हुनेछ।

तुला राशि

कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। सबै तरिकाले सफलताको लागि राम्रो अवसरहरू मिल्नेछ। एक नयाँ प्रेम सम्बन्ध सुरु हुनसक्छ। आयका साधनमा वृद्धि हुनेछ। परिवारका एल्डरहरूबाट सहयोग प्राप्त हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।

वृश्चिक राशि

भौतिक सुख प्राप्त हुनेछ। वाहन सुख प्राप्त हुने सम्भावना रहेको छ। पारिवारिक कलह र मानसिक अशान्ति रहन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुनसक्छन्, जसलाई हातबाट जान नदिनुहोस्। पैत्रिक सम्पत्तिको लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

धनु राशि

सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। विदेश यात्रा र विदेशी कम्पनीहरुमा रोजगारका अवसर प्राप्त हुने सम्भावना छ। साहस तथा पराक्रममा वृद्धि हुनेछ। विद्यार्थीहरूले शिक्षा प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्नेछन्। धर्म तथा अध्यात्ममा गहिरो चासो रहनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ।

मकर राशि

विवादित मामिला एक-आपससँग समझदारीका साथ समाधान गर्नुहोस्। आर्थिक पक्ष बलियो हुनेछ। तपाईं कुनै महँगो सामान किन्न सक्नुहुन्छ। जग्गा सम्पत्ति मामिलाहरू पनि मिलाइनेछ। तपाईंले गरेका निर्णयहरुको सराहना गरिनेछ। षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्।

कुम्भ राशि

सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। तपाईंको योजना र रणनीतिहरु गोप्य राख्नुहोस्। विवाह तथा कार्यक्षेत्रमा रहेका अवरोधहरु हट्नेछन्। विद्यार्थी वर्गको लागि समय अत्यन्त अनुकूल रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।

मीन राशि

कानुनी झमेलामा नपर्नुहोला। अधिक भागदौडका कारण थकानको महसुस गर्नुहुनेछ। आवश्यक क्षेत्रमा अधिक खर्च हुनेछ। बृहस्पति ग्रहको गोचरको प्रभाव अशान्ति र भर्म पैदा गर्नेछ। स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्नेछ। लेनदेनको मामिलामा पनि सावधान रहनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah