धेरै मानिस बिहान एकछाक भात खाएर राति चाहिँ रोटी तरकारी खाने गरेका छन् । तर स्वास्थ्यविद्हरूका अनुसार, राति रोटी तरकारी खाँदा मोटोपन बढ्छ र मधुमेह तथा कब्जियत जस्ता समस्या आइलाग्छन् । त्यसो भए राति के खाने त भन्ने प्रश्न उठ्छ ।रोटीमा प्रशस्त्र मात्रामा कार्बोहाइड्रेट्स हुने भएकाले पचाउन मुश्किल हुन्छ । राति खाँदा रोटी पच्ने समय पाइन्न अनि नपचेको खानेकुराले अनेकौं रोग निम्त्याउँछ ।रातिको खाना हलुका हुनुपर्छ । त्यो पच्न धेरै समय लाग्नुहुँदैन । शाकाहारीहरूले राति उमालेको तरकारी वा साग, सूप, सलाद, दलिया खाएको राम्रो हुन्छ । मांसाहारीहरूले ग्रिल्ड चिकन वा माछा खान सक्छन् ।राति प्याज, बुर्काउली र बन्दाकोपी नखाएको राम्रो हुन्छ ।डिनरमा धेरै मसला राखेको खानेकुरा नखानुस् । यसले पेट पोल्ने र अपच हुने समस्या निम्त्याउँछ । यसले निद्रा पनि प्रभावित हुन्छ ।सुत्नुभन्दा कम्ती दुई घन्टा अघि खाना खाइसक्नुस् ।खाना खाएपछि १५ मिनेट जति डुल्नुस् ।खाना खाँदै गर्दा वा खाना खाएको एक घन्टासम्म पानी नपिउनुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय