काठमाडौं – गर्मी मौसममा पसिनाले शरीरमा आउने नमिठो गन्धबाट जोगिन मानिसहरूले पर्फ्युमको प्रयोग गरिरहेका हुन्छन्।बजारमा महिला र पुरुषका लागि छुट्टाछुट्टै पर्फ्युम पाइन्छन्। यसको एक/दुई स्प्रेले शरीरमा दुर्गन्ध आउँदैन। हामी साथिभाइसँग मजाले घुलमिल भएर बस्न सक्छौं।तर, बजारमा बिक्री भइरहेका पर्फ्युम स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। पर्फ्युममा थुप्रै रसाइनको प्रयोग भएको हुन्छ। जसले क्यान्सरकै जोखिम निम्त्याउने खतरा हुन्छ।विशेषज्ञका अनुसार पर्फ्युम बनाउन र यसको सुगन्ध लामो समयसम्म राख्नका लागि थुप्रै रसायनको प्रयोग भएको हुन्छ। पर्फ्युमको नियमित प्रयोगले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या पैदा हुनसक्छ।दिनमा दुईदेखि चार पटक पर्फ्युम लगाउँदा स्वास्थ्यमा हानी पुग्छ। पर्फ्युममा प्रयोग गरिने रसायनले हार्मोनमा असन्तुलन र छालामा एलर्जी ल्याउँछ।यसमा हुने रसायनले बाँझोपन तथा क्यान्सर जस्ता गम्भीर समस्या ल्याउन सक्छपर्फ्युममा फ्थेलेट्स, मस्क किटोन र फर्मलडिहाइड जस्ता रसायन हुन्छन्। फ्थेलेट्सको प्रयोगमा थुप्रै देशले प्रतिवन्ध लगाएका छन्।यसको प्रयोगले शरीरमा चिडचिडाहट हुने, मस्तिष्कको विकास सम्बन्धि समस्या, तन्त्रीका सम्बन्धी समस्या हुने जोखिम हुन्छ।



