त्यस्तै, पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् । हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



