मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवार र कामको क्षेत्रमा सम्झौतापूर्ण व्यवहार गर्नुहुनेछ। बोलिमा नियन्त्रण नहुनाले वाद-विवाद वा झगडा हुनेछ। स्त्री वर्गबाट लाभ मिल्नेछ। मनको उदासको कारण नकारात्मक विचार आउनेछ। अत्यधिक धन खर्च हुनेछ। खान-पानमा ध्यान राख्नुहोला।

वृ ष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विचारको दृढ़तासँगै सावधानीपूर्वक काम गर्नुहुनेछ। व्यवस्थित रूपमा आर्थिक विषयको आयोजन गर्नुहुनेछ। आफ्नो कलात्मक कलालाई निखार्नुहुनेछ। वस्त्र र मनोरंजनको खर्च हुनेछ। कुटुम्बिक सुख-शान्ति बनिरहनेछ। उत्तम दाम्पत्यजीवनको अनुभूति गर्नुहुनेछ। धन लाभको आशा राख्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बोलि वा व्यवहारले कसैसँग गलत धारणा उत्पन्न हुनेछ। कुटुम्ब तथा आफन्तसँग सम्हालेर रहनुहोला। बिरामी वा दुर्घटनाको योग रहेको छ। मान प्रतिष्ठालाई हानी पुग्नेछ। खर्चको मात्रा बढ्नेछ। विशेष रूपले मोज-शोक तथा मनोरंजनमा खर्च हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक आयोजर र नयाँ कार्यको सुरुवात गर्नको लागि उत्तम दिन रहेको छ। व्यापारमा लाभ र व्यवसायमा पदोन्नति र आयको स्रोत वृद्धि हुनेछ। मित्र ,श्रीमती तथा छोराबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। मांगलिक कार्य हुनेछ। बसाई तथा वैवाहिक योग रहेको छ । उत्तम वैवाहिक सुखको आनन्द उठाउनु हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रोजगार र व्यवसायको क्षेत्रमा लाभदायक र सफल दिन रहेको छ । कार्यक्षेत्रमा वर्चस्व र प्रभाव जमाउनुहुनेछ। आत्मविश्वास र दृढ़ मनोबलको कारण काम सरलतापूर्वक पूरा हुनेछ। उच्च पदाधिकारीद्वारा कामको कदर हुनेछ। पदोन्नति हुनुको साथसाथै लाभ हुनेछ। खेल र कला क्षेत्रमा प्रतिभा प्रदर्शनको लागि उत्तम समय रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन धार्मिक प्रवृत्तिमा बिताउनु हुनेछ। कुनै तीर्थ स्थानमा भ्रमण गर्नुहुनेछ। विदेश गमनको लागि अवसर निर्मित हुनेछ। अफिसमा उच्च पदाधिकारीबाट सम्हालेर रहनुहोला। आर्थिक लाभ मिल्नेछ। शारीरिक मानसिक स्वस्थता बनिरहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक धन लाभ हुने दिन रहेको छ। आध्यात्मिक प्रवृत्ति तथा सिद्धि प्राप्त गर्नको लागि उत्तम दिन रहेको छ। नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला। जलाशय र स्त्री वर्गबाट सचेत रहनुहोला। ईश्वरभक्ति र गहिरो चिन्तनशक्तिले मनलाई शान्ति प्रदान गर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दैनिक घटनाको चक्रको प्रवृत्तिमा परिवर्तन आउनेछ। मोज-मस्ती र मनोरंजनको दुनियामा घुम्ने मुडमा रहनुहुनेछ। मित्र तथा कुटुम्बसँग भेट हुनेछ। सार्वजनिक जीवनमा मान- प्रतिष्ठा बढ्नेछ। दाम्पत्यजीवनमा उत्तम क्षणको अनुभव गर्नुहुनेछ। प्रिय व्यक्तिसँग भेट र धनलाभ हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पेसा गर्ने व्यक्तिको लागि लाभदायक दिन रहेको छ। आर्थिक लाभ होला। घरमा आनन्दको वातावरण रहनेछ। तपाई र सहकर्मीगणको सहायक बन्नुहुनेछ। कार्यमा सफलता र प्रसिद्दि प्राप्त हुनेछ। मित्रसँग भेट हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कला तथा साहित्यको क्षेत्रमा रुचि राख्ने व्यक्तिले कार्यक्षेत्रमा विशेष योगदान दिनेछन्। आफ्नो रचनात्मक र सिर्जनानात्मक शक्तिको परिचय गराउनु हुनेछ। प्रेमी परस्पर धनिष्ठताको अनुभव गर्नुहुनेछ। शेयरबाट लाभ मिल्नेछ। सन्तानको प्रश्न हल हुनेछ। मित्रबाट लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वभावमा भावुकता अधिक हुनाले मानसिक बेचैनी रहनेछ। आर्थिक विषयको आयोजन हुनेछ। आमाको तर्फबाट अधिक प्रेम र भावनाको अनुभव गर्नुहुनेछ। कपडा खरदि गर्नुहुनेछ। विधार्थीको पढ़ाईमा सफलता मिल्नेछ। सार्वजनिक रूपमा मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यमा सफलता पाउनको लागि महत्त्वपूर्ण निर्णय लिन उत्तम दिन रहेको छ। तपाईको विचारमा स्थिरता रहनेछ। कलाकारले आफ्नो कला प्रदशन गर्ने मौका पाउनुहुनेछ। जीवनसाथीसँग अधिक निकटता अनुभव गर्नुहुनेछ। मित्रसँग छोटो यात्रा पर्यटन हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah