र्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारदेखि शुरू भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्डमाथि नेपालले जीत हात पारेको छ ।
टस जितेर बलिङ रोजेको नेपालले नेदरल्यान्डलाई २० ओभरमा १३६ रनमै सीमित गरेको थियो ।
जीतका लागि १३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले १४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
यसअघि निर्धारित २० ओभरमा नेदरल्यान्डले ४ विकेटको क्षतिमा १३६ रन मात्रै बनाएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्यान्डसँगै मलेसिया सहभागी छ ।



