एजेन्सी : बलिउड अभिनेत्री मल्लिका शेरावत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी प्राय: सबैको लोभ्याउने सुन्दर तथा आकर्षक तस्बिरहरु शेयर गरिरहन्छिन्। एक पटक मल्लिकाले फेरी आफ्ना तस्बिरहरु इन्टरनेटमा हालेर तहल्का मच्चाएकी छिन्।
मल्लिका शेरावतले पिङ्क कलरको ट्युब ड्रेसमा आफ्ना केही तस्बिरहरु शेयर गरेकी छिन्। फ्यान्सले मल्लिकाको यो ग्लामरस अन्दाजलाई असाध्यै मन पराएका छन्।
मल्लिकाले तस्बिर शेयर गर्दै फ्लावर इमोजी पोस्ट गरेकी छिन्। मल्लिकाका तस्बिरहरुमा सकारात्मक र नकारात्मक दुवै मिश्रित प्रतिक्रियाहरु आएका छन्। केहीले उनका मादक आँखाको तारिफ गरेका छन् भने केहीले ४४ वर्षीय बुढीकन्या भन्दै उनको व्यापक ट्रोल गरेका छन्।



