भारतमा कोरोना भाइरसको दोस्रो लहर जारी छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ लाख ५६ हजार ९४७ नयाँ संक्रमित फेला परेका छन् । उक्त अवधिमा यसको संक्रमणबाट १ हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ८० हजार ५५० पुगेको छ ।१ करोड ३१ लाख ३ हजार २२० संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ रहेको छ ।
-नेपालीपत्र बाट



