नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। अस्पतालहरूमा संक्रमितको चाप दिनहुँ बढ्दो छ। अस्पतालमा आइसियु र भेन्टिलेटर भरिन थालेका छन्। यतिवेला अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ।
अचानक अक्सिजन आवश्यक परे के गर्ने भन्ने धेरैको मनमा लाग्नसक्छ। अस्पतालमा पडिरहेको दवावका कारण थुप्रै उपकरणको अभाव हुने अवस्था सिर्जना भइरहेको छ।
शरीरमा ९० प्रतिशत भन्दा कम अक्सिजन हुँदा सिलिन्डरको माध्यमबाट अक्सिजन दिनुपर्ने हुन्छ। भारतको डिपार्टमेन्टल अफ इन्टरनलका मेडिसिन एम्सका डाक्टर अमनदीप सिंह व्यक्तिको अवस्था अनुसार अक्सिजन आवश्यक पर्ने बताउँछन्।
सामान्य अवस्थामा स्वास फेर्न गाह्रो भयो भन्दैमा अस्किजन दिनपर्ने नहुन सक्छ। उनी अक्सिमिटरको माध्यमबाट व्यक्तिको शरीरमा अक्सिजनको लेवल जाँच गरेपछि मात्र अक्सिजन दिनुपर्ने बताउँछन्।
जाँच गर्दा अक्सिजनको मात्रा ९५ प्रतिशत भन्दा बढी आवश्यक नपर्ने र ९० भन्दा कम भए अक्सिजन दिनुपर्ने उनी बताउँछन्।
६ मिनेटसम्म सामान्य रुपमा वाक गर्दा ३ प्याइन्ट भन्दा अक्सिजनको मात्रा कम भए सावधानी अपनाउनु पर्छ। पहिलो जाँचमा अक्सिजन लेवल ९८ छ र ६ मिनेटसम्म वाक गर्दा ९५ मा भर्यो भने सावधानी अपनाउनु पर्छ। यो फोक्सोको समस्या वा शरीरमा अक्सिजन कम भएको संकेत हुनसक्छ।
अक्सिजन कम भएको अवस्थामा मानिसले घरमै पनि केही सावधानी अपनाउन सक्छ। इमरजेन्सीमा अक्सिजन कम भएको अवस्थामा पेटको सहयोगमा १-२ घन्टा सुत्नुपर्छ। यसो गर्दा अक्सिजनको लेवल बढ्छ।
-नेपालसमय बाट



