वीरगंजमा थप ७८ जना संक्रमित थपिएका छन्।
नारायणी अस्पतालमा विहीवार भएको १३८ स्वाब परीक्षणबाट ५२ पुरुष र २६ महिलासहित ७८ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।
३ देखि ७० वर्ष उमेर समुहका उनीहरुको सिटि भ्यालु १४-३४ रहेको जनाइएको छ। ७८ जना मध्ये ५७ जना पर्साका १८ जना बाराका, २ जना सर्लाहीका र १ जना धनुषाका रहेका छन्।
-पहिलो पोस्ट बाट



