कोरोनाभाइरस सङ्क्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो ‘गन्ध प्रशिक्षण’ गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन्।

गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुँघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ।

सहज र सस्तो
अन्तर्राष्ट्रिय विज्ञहरूको एक समूहले यस्तो प्रशिक्षण सहज र सस्तो हुने बताए।

स्टेरोइड वर्गको औषधिको प्रयोगमा जस्तो यसको कुनै अन्य खराब प्रभाव पनि हुँदैन।

ज्वरो तथा खोकीसहित गन्ध हराउनु पनि कोरोनाभाइरस सङ्क्रमणको एक मुख्य लक्षण हो।

अधिकांश मानिसहरूमा कोभिड निको भएपछि चाँडै नै घ्राणशक्ति पनि फर्किन्छ।

मलाई कोभिड-१९ लागेयता खानेकुराले बान्ता आउँछ”
गन्ध वा स्वाद थाहा नपाउनु के कोरोनाभाइरसको लक्षण हो
तर पाँच जनामध्ये झन्डै एक जनामा भने दुई महिना बितिसक्दा पनि गन्ध पूर्ण नफर्किएका विवरण आएका छन्।

कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?

यो समस्याको उपचारका निम्ति चिकित्सकहरूले कोर्टिकोस्टेरोइड औषधि सिफारिस गर्ने गरेका छन्। यसले शरीरमा सुजन कम गराउँछ। दमको उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ।

तर यूनिभर्सिटी अफ इस्ट एङ्ग्लिया नरिच मेडिकल स्कूलका प्राध्यापक कार्ल फिल्पोट भन्छन्ः उपलब्ध प्रमाणहरू केलाउँदा कोर्टिकोस्टेरोइडको प्रभावकारिता खासै देखिँदैन।

खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण हुनसक्छ
रुघाले शरीरबाट कोरोनाभाइरसलाई यसरी गलहत्याइदिन्छ
“साथै तिन औषधिका प्रमाणित अन्य खराब प्रभाव पनि छन्। त्यसैले हाम्रो सुझाव यसको सिफारिस हुनुहुँदैन भन्ने नै छ,” उनले भने।

“राम्रो कुरा के हो भने कोभिडका कारण गन्ध गुमाएका अधिकांश मानिसहरूले फेरि स्वतः घ्राणशक्ति प्राप्त गर्छन्।”

स्टेरोइड वर्गको औषधिको दुष्प्रभावमा उच्च रक्तचाप तथा ‘मूड स्विङ’ भनिने मानसिक अवस्था र व्यवहारमा आउने छिटोछिटो परिवर्तन पनि पर्छ।

कसरी गर्ने प्रशिक्षण
त्यसैले प्रतिष्ठित जर्नल इन्टरन्याश्नल फोरम अफ एलर्जी एन्ड राइनोलजीमा विज्ञहरूले ‍औषधि प्रयोगको साटो ‘गन्ध प्रशिक्षण’को सुझाव दिएका छन्।

यसमा मानिसहरूलाई विशिष्ट गन्ध भएका र सजिलै पहिचान गर्न सकिने चार प्रकारको गन्ध सुँघिरहन सुझाव दिइएको छ – उदाहरणका निम्ति सुन्तला, पुदिना, लसुन र कफी।

कैयौँ महिनासम्म प्रत्येक दिन दुई पटक यी चिज सुँघ्न उनीहरूले सुझाएका छन्।

भिटामिन ‘डी’ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन?
भाइरल बनेको कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षणको एउटा तस्बिर
प्राध्यापक फिल्पोटका अनुसार उनको अनुसन्धानमा यसो गर्दा ९० प्रतिशत मानिसहरूको घ्राणशक्ति छ महिनाभित्र फर्किएको पाइयो।

तर यदि घ्राणशक्ति फर्किएन भने पनि यस्तो गन्ध प्रशिक्षणले मानिसको मस्तिष्कलाई भिन्नभिन्न गन्ध छुट्ट्याउन पुनर्प्रशिक्षित गर्न सक्छ।

“यो उपचार न्युरोप्लास्टिसिटीमा आधारित छ – जसमा मस्तिष्कले कुनै परिवर्तन वा क्षतिबाट पार पाउन आफूलाई पुनर्संगठित गर्ने गर्दछ,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah