दमक । कोरोना महामारीको दोस्रो लहर आएसँगै स्थानीयमा एउटा हल्ला चलेको छ कोरोना अब हावाबाट सर्छ । यो अरुभन्दा घातक पनि छ । यस्तै हल्ला पत्याएर धेरै मानिसमा यतिखेर त्रास छ । के साच्चै कोरोना भाइरस बाहिर वायुमण्डलमा दुई घण्टासम्म जीवित रहन सक्छ त ? यस्तो प्रश्नका विषयमा स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले अहिलेसम्म कोरोना हावाबाट सरेको पुष्टि नभएको बताए । कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्निे थुकको छिटाबाट सर्ने हो, हावाबाट भने सर्दैन, उनले भने, ‘एक त भाइरस आफै हावामा उड्न सक्दैन’ विश्व स्वास्थ्य संगठनले पनि हावाबाट कोरोना नसर्ने बताइसकेको छ ।
यो मानिसले हाछ्यु गर्दा निस्कने थुकको छिटा वा थुकको छिटा हातले छोप्दा हामीले कतै बस्तुमा समात्दा सजिलै अर्को मानिसमा सामानबाट भने सर्न सक्छ । त्यसैले कुनै चिज छोएमा हातमा स्यानिटाइज गर्नुपर्छ भनिएको हो । हाछ्यु गर्दा वा ठूलो स्वरमा बोल्दा निसक्ने पाँच माइक्रोमिटर भन्दा सानो – जसलाई एरोसोल भनेर चिनिन्छ – यो झन्डै आधा घण्टा सम्म सतहमा बस्न सक्दछ । तर, केही समयमा कुनै बस्तुमा गएर बस्छ त्यस्तो भाइरस घण्टौसम्म रहने अनुसन्धानले देखाएको छ । कुनै संक्रमित व्यक्ति अर्को मानिससँग ५ मिनेटसम्म नजिकको दूरीमा बसेको छ भने त्यसरी संक्रमित भएको व्यक्तिले बोलेको थुकका कण र हाछ्यु गर्दा निस्कने कण अर्को व्यक्तिमा भने सर्ने सक्ने अनुसन्धानले देखाएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्समा नर्शनल इन्स्टिच्युट अफ एलर्जी र संक्रामक रोगहरूको भाइरोलोजिस्ट अध्ययनको नेतृत्व गरेका अमेरिकी डाक्टर भिन्सेन्ट मुन्स्टर भनेका छन्- भाइरस हावामा नहुने तर संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने कण र संक्रमित व्यक्तिले छोएको सामानबाट भने सचिलै सर्नेछ । खोक्दा वा हाछ्यु गर्दा वरपर रहेका व्यक्तिले सावधानी नअपनाए सजिलै सर्न सक्नेछ ।
यसबाट बच्नका लागि मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । भाइरस प्लास्टिक र स्टीलमा सबैभन्दा लामो समय ७२ घण्टासम्म बाच्ने अनुसन्धानले देखाएको छ । तर भेरियबल भाइरसको मात्रा यस समयमा तीव्र रूपमा घट्छ। तामामा भाइरस चार घण्टा मात्रै बाँच्नेछ त्यसपछि सो भाइरसले कुनै असर गर्दैन । कार्डबोर्डमा २ घण्टा सम्म जीवित रहन्छ, जसले मेलमा आएको प्याकेजहरू केवल भाइरसको मात्र कम स्तरमा हुन्छ । कसरी बच्ने त ? दुई मिटरको दूरीमा बस्ने, मास्क लगाउने, भिडभाडमा नजाने, सावुनपानीले बेलाबेलाा हात धुने तथा स्यानिटाइजर लगाएको खण्डमा कोरोना संक्रमण हुँदैन ।



