संघीय राजधानी काठमाडौं उपत्यकामा डरलाग्दो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १३३ गरी २ हजार ९ सय ५६ संक्रमित थपिएका छन् ।

यी तीन जिल्लामा सक्रिय संक्रमित पनि विस्फोटक रुपमा बढ्न थालेका छन्। शुक्रबारसम्म काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ६६ छ। उता ललितपुरमा सक्रिय संक्रमित २५ सय ४५ पुगेका छन्। भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्याले उचाई लिँदैछ। त्यहाँ सक्रिय संक्रमित १३ सय २५ पुगेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ हजार ७ सय ९१ जनालाई संक्रमण पुष्टि भएको हो ।

अब नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । देशभर ९२८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९१ संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । देशभर मृत्यु हुने संक्रमितको संख्या पनि ३ हजार २ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ।
-फराकधार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah