सुनसरीका तीन अक्सिजन प्लान्टमा प्रहरीले पहरा दिन थालेको छ । कोरोनाको महामारी बढ्दै जाँदा गम्भीर बिरामीको संख्या पनि बढ्ने र अक्सिजन चाहिने भएकाले अनावश्यक दु्रुपयोग रोक्न चारदिनदेखि अक्सिजन प्लान्टहरुमा प्रशासनले प्रहरी खटाएको हो ।
स्वास्थ्य क्षेत्रमा मात्र अक्सिजन प्रयोग गर्न निर्दशन जारी गर्दै जिल्लाका ती अक्सिजन प्लान्टमा प्रहरी खटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जिल्ला प्रशासनले इटहरी उपमहानगरस्थित खनारको दुर्गा अक्सिजन प्लान्ट, दुहबी नगरपालिकाको सोनापुरस्थित विनायक अक्सिजन प्लान्ट र सोही नगरपालिकाको पाथिभरा अक्सिजन प्लान्टमा रातदिन पहरा दिन प्रहरी खटाइएको प्रजिअ ढकालले बताए ।

उनले भने, ‘कोरोना महामारीको बेला अक्सिजनको अभाव हुन सक्छ । भारतको दिल्ली जस्तो महानगरको अवस्था हामीले देख्यौं । यहाँ पनि त्यस्तो नहोस् भनेर पहिलेदेखि नै आक्सिजन प्लान्टमै प्रहरी खटाइएको हो ।’

उनअनुसार पूर्वका अस्पतालहरुमा हालसम्म अक्सिजनको अभाव नदेखिएपनि यहीदरमा संक्रमण फैलदै गएमा अभाव हुन सक्ने भएकाले स्वास्थ्य क्षेत्रबाहेक अन्य उद्योगलाई अक्सिजन नदिन निर्देशन जारी गरेको हो । सुनसरीमा रहेका तीन अक्सिजन प्लान्टले स्वास्थ्य क्षेत्र भन्दा बाहिरका अन्य उद्योगलाई अक्जिसन बिक्री गर्न सक्ने भएकाले प्रत्येक प्लान्टमा प्रहरीलाई पहरा दिन खटाइएको हो ।

कतिपयले अक्सिजनको जोहो गर्न सिलिण्डरसहित घर लैजाने गरेकाले अभाव हुने आशंका गरिएको छ । सुनसरीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकोसहित सुनसरी र मोरङका अक्सिजन प्लान्टसँग ठूलासाना गरेर करिब १६ हजार सिलिण्डर रहेका छन् । ती प्लान्टहरुबाट दैनिक ५ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिने अवस्था रहेको छ । प्रतिष्ठान बाहेकका सुनसरी र मोरङका अक्सिजन प्लान्टले जनकपुरदेखि पूर्वका विभिन्न अस्पताल र उद्योगहरुका लागि अक्सिजन उत्पादन र वितरण गर्दै आएका छन् ।
-(तस्बिर तथा सामग्री) इकान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah