मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन शुभ रहनेछ। परिवार, आफन्त तथा मित्रसँग भेट समारोहमा उपस्थित रहनु हुनेछ। नयाँ कार्यको प्रारम्भ गर्नको लागि उत्साह रहनेछ। तर उत्साले हानि नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक तथा मानसिक स्वस्थताको ध्यान राख्नु हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिकरुपले निराश रहनुहुनेछ। चिन्ताको कारण मानसिक भार रहन सक्छ। मानसिकरुपले अस्वस्थ रहनुहुनेछ। परिवारसँग मनमुटाव हुने प्रसंग बन्न सक्छ। घरायसी वातावरण बिग्रिन सक्ला। परिश्रमको अपेक्षा सफलता प्राप्ति कम हुन सक्ला। सोचविचार गरि निर्णय लिनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यापारीवर्गको लागि दिन शुभफलदायी छ। व्यापारमा तथा आय वृद्धि हुनेछ। मित्रबाट लाभ हुनेछ। रोजगारमा उच्चाधिकारीको कृपादृष्टिबाट पदोन्नति सम्भव रहेको छ । विवाह ईच्छुक व्यक्तिले जीवनसाथी भेट्ने योग रहेको छ। परिवारमा श्रीमती र छोराबाट समाचार मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन शुभ रहनेछ। व्यापारीमाथि अधिकारी खुशी रहनेछन्। रोजगारीको पदोन्नति हुने योग रहेको छ। परिवारमा मैत्रीपूर्ण वातावरण बनिरहनेछ। नयाँ सजावटबाट घरको शोभामा अभिवृद्धि हुनेछ । आमाबाट लाभ मिल्नेछ। शारीरिकरुपले स्वस्थ र मानसिकरुपले प्रसन्न रहनुहुनेछ। धन र प्रतिष्ठा वृद्धि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन आलस्य तथा थकानमा बित्नेछ। उग्र स्वभावमा मानसिक रूपले व्यग्रता रहनेछ। पेटसम्बन्धित पीडाले समस्या हुनेछ। सफलता प्राप्त गर्नको लागि परिश्रम अधिक गर्नुपर्नेछ । संकटजनक विचार, बोलि वा आयोजनबाट टाढा रहनुहोला। धार्मिक यात्रा वा बसाईको सम्भावना रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खानपिनमा विशेष ध्यान राख्नुहोला। आवेश र क्रोधको मात्रा अधिक रहनेछ। त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला। बोलिमा विशेष ध्यान राख्नुहोला। अनैतिक कृत्यबाट टाढा रहनुहोला। सरकार-विरोधी प्रवृत्तिको कारण समस्या हुन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सांसारिक जीवको आनन्द विशेषरुपले लिनुहुनेछ। परिवारसँग सामाजिक कामले बाहिर जानुहुनेछ। छोटो यात्राको आयोजन हुनेछ। व्यापारीगणको व्यापार वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सफलता र यश कीर्ति मिल्ने योग रहेको छ। आकस्मिक धनलाभ होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन सुखमय रहनेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ । शारीरिक स्वस्थता तथा मानसिक प्रफुल्लित अनुभव हुनेछ। रोजगारीले साथी कर्मचारीको सहयोग मिल्नेछ। माईतबाट समाचार मिल्नेछ। अधुरो कार्य पुरा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रिसलाई नियन्त्रण राख्नुहोला। पेट सम्बन्धित समस्या रहनेछ। कुनै कार्यमा सफलता नमिल्नाले निराशा आउला। साहित्य वा अन्य सिर्जनात्मक कला प्रति रुचि रहनेछ। सन्तान प्रति चिन्ता रहनाले मन निराश रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन प्रतिकूलताले भरिपूर्ण रहनेछ। तपाईमा उर्जाको अभाव रहनेछ। परिवारसँग झगडा हुन सक्ला। तपाईको मन व्यथित रहन सक्छ। अपकीर्ति, अपयश मिलन सक्ला। स्वास्थ्य बिग्रिन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनबाट चिन्ताको भार हल्का हुनेछ। मानसिकरुपले प्रफुल्लित अनुभव गर्नुहुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण आनन्दित रहनेछ। विशेषगरी भाई-बहिनीसँगको सम्बन्धमा मधुरताको अनुभव गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नकारात्मक विचारलाई मनबाट हटाउनुहुनेछ। रिस र बोलिमा ध्यान राख्नुहोला। कसैसँग वाद-विवाद वा झगडा हुन सक्ला। खानपिनमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah