उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेको अधिकारीहरूले बताएका छन्।

कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएका छन्।

महामारीको प्रभाव?
भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको सोमवार बीबीसीले जानकारी पाएको छ।

कतिपय सञ्चारमाध्यमले एक सय शवटा फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।

के भारतमा कोरोनाभाइरस महामारी अन्त्य हुन लागेको हो

सङ्क्रमितको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन

कोरोनाभाइरसको भारतीय भेरिअन्ट कति खतरनाक, के खोपले काम गर्छ

स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि बीबीसीलाई ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए।

तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्।

गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ।

केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारहरूले बीबीसी हिन्दीसँग कुरा गर्दै दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चले गर्दा कतिपय परिवारहरू शवलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुनसक्छन्।

एकजना स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पतालहरूले लुट मच्चाएको अनि अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य भएको बताए।

भारतमा कोभिड-१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन्।

तर विज्ञहरू मृतकहरूको वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने ठान्छन्।

कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित गरिरहेको छ।

-बीबीसी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah