पछिल्लो समय बलिउडमा अभिनेत्री रश्मिका मंदानाको माग बढ्दो छ । दक्षिण भारतीय फिल्मबाट नै उनले धेरै शुभचिन्तक कमाएकी छन् । सँगै उनले आफूलाई राम्रो काम गर्न सक्ने कलाकारको रूपमा स्थापित गरेकी छन् ।
रश्मिका पनि बलिउड डेब्युको तयारी गरिरहेकी छन् । उनले ‘मिसन मंगल’ मा सद्धार्थ मल्होत्रासँग स्क्रिन सेयर गर्दै बलिउड डेब्यु गर्दैछिन् । उनले अभिताभ बच्चनको ‘गूडबाई’मा पनि काम गर्ने सम्झौता गरेकी छन् ।
रश्मिकालाई तेलुगु फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा साहिद कपुरको जोडी बन्न अफर गरिएको थियो । जतिबेला उनले बलिउडका कुनै पनि फिल्म साइन गरेकी थिइनन् । तर, रश्मिकाले उक्त फिल्म अस्वीकार गरेकी थिइन् ।
किन अस्वीकार गर्नुभयो ? रश्मिकालाई एक बलिउड मिडियाले प्रश्न गरेको छ । रश्मिका आफूले जर्सीको भूमिकालाई न्याय गर्न नसक्ने लागेकाले अस्वीकार गरेको जवाफ फर्काउँछिन् ।
उनले भनेकी छन्, ‘तेलुगु भर्सनमा श्रद्धा श्रीनाथले जस्तो काम गर्नुभएको छ सायद मैले त्यस्तो गर्न सक्दिनँ कि भन्ने लागेर जर्सीको रिमेक अस्वीकार गरेको हुँ ।’
रश्मिकाले नगर्ने भएपछि जर्सीको मुख्य भूमिकामा मृणाल ठाकुर देखिने छिन् ।
-सिलपत्र बाट



