कोेरोना भाइरसको दोस्रो लहर व्यापक रूपले फैलिएसँगै ७१ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ ।

गृह मन्त्रालयका अनुसार ६ जिल्लामा मात्र निषेधाज्ञा लगाउन बाँकी रहेको छ । ती ६ जिल्लामध्ये प्रदेश १ का भोजपुर र तेह्रथुम, लुम्बिनी प्रदेशका प्युठान र रुकुमपूर्व र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ रहेका छन् ।

मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ६२ जिल्लामा पूर्ण र बाँकी ९ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा गरिएको छ ।

सर्वप्रथम बाँके जिल्लाले निषेधाज्ञा जारी गरेको थियो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक
-फरकधार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय