स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७९ जनाले ज्यान गुमाएका हुन्। यो अहिलेसम्म एकै दिनमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी हो।
यसअघि सोमबार ७६ जनाको ज्यान गएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नौ सय ३८ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार चार सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। यो पनि अहिलेसम्मकै सबैभन्दा बढी हो।



