टलीका अनुसन्धाताहरूले कोभिड १९ को संक्रमण भएको आठ महिनासम्म रोगीको रगतमा कोरोनाविरुद्ध एन्टीबडी रहने बताएका छन् ।

मिलानको सान राफेल अस्पतालका अनुसन्धाताहरूले रोगको गम्भीरता, रोगीको उमेर वा कुनै अन्य रोग भए पनि यी एन्टीबडीहरू रगतमा बस्ने बताएका छन् । शरीरमा कोरोनाका एन्टीबडीहरू रहुन्जेल भाइरसको जोखिम नरहने विज्ञहरू बताउँछन् ।

अनुसन्धाताहरूले इटलीको आईएसएस नेसनल हेल्थ इन्स्टिच्युटसँग मिलेर काम गरिरहेका हुन् । यस अध्ययनका लागि उनीहरूले कोरोनाभाइरसको लक्षण भएका १६२ जना रोगीलाई सहभागी गराएका थिए ।

उनीहरूको रगतको नमूना पोहोर सालको मार्च र अप्रिल महिनामा लिइएको थियो । अनि नोभेम्बर महिनामा फेरि उनीहरूको रगत जाँचिएको थियो ।

आईएसएससँगको साझा बयानमा अनुसन्धाताहरूले बताएअनुसार, कोरोना पोजिटिभ पाइएको आठ महिनासम्म रोगीहरूको शरीरमा रोगसँग लड्ने एन्टीबडी पाइयो । जम्मा तीन रोगीमा लामो समय एन्टीबडी देखिएन ।

यो अध्ययन नेचर कम्युनिकेसन्स साइन्टिफिक जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा अनुसन्धाताहरूले कोरोना भाइरसबाट निको हुन एन्टीबडी विकसित हुनुको महत्त्वमा निकै जोड दिएका छन् ।

अनुसन्धाताहरूले अर्को एउटा कुरा पनि पाए । कोरोनाको रोगीमा संक्रमणपछि १५ दिनभित्र एन्टीबडी बनेन भने उनीहरूमा कोभिड–१९ को घातक रूप विकसित हुने जोखिम बढी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah