अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन स्टोरेजलगायतको प्रयोजनका लागि बिहीबार २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग घोषणा गरेको छ । हालसम्म कोरोना सुरु भएयता रक्षा मन्त्रालयबाट ५८ लाख डलरबराबरको सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ । पछिल्लो साता रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर ९सिसिएमसी०लाई अत्यावश्यक पिपिई, मेडिकल आपूर्ति, हाइफ्लो अक्सिजन थेरापी उपकरण उपलब्ध गराएको थियो ।

कोभ्याक्सअन्तर्गत यसअघि नेपालमा तीन लाख ८६ हजार डोज खोप आइसकेको छ । कोभ्याक्सअन्तर्गत चाँडै नै खोप पाउने एसियाली मुलुकको सूचीमा नेपाल रहेको अमेरिकी दाबी छ । अमेरिकाले एस्ट्राजेनेका खोप उपलब्ध गराउन प्रतीक्षारत रहेको पनि दूतावासले जनाएको छ । आगामी दुई महिनाभित्र अमेरिकाले ६ करोड एस्ट्राजेनेका खोप कोभ्याक्सलाई उपलब्ध गराउनेछ । तर, कुन क्राइटेरियाका आधारमा खोप वितरण गर्ने भन्ने निश्चित छैन । अमेरिकाले सबैभन्दा बढी आवश्यक भएको र प्रभावकारी भएको ठाउँमा खोप उपलब्ध गराउने पनि दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने बताएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको टेलिफोन संवादमा राजदूत बेरीले नेपाललाई दिने स्वास्थ्य सामग्रीबारे आइतबारसम्म टुंगो लाग्नेसमेत स्पष्ट पारेका छन् । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय