पर्साको जगरनाथपुर गाउँपालिका ५ चिलझपटी गाउँभरि नै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएको छ । जगरनाथपुर गाउँपालिकामा १० दिनको अवधिमा ११ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि वैशाख २८ गते वीरगन्जबाट स्वास्थ्यकर्मीको टोली चिलझपटी गाउँ पुगेको थियो ।

त्यही दिन स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँमा शंकास्पद ११ जना बिरामीको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको थियो । स्वास्थ्यकर्मीको टोलीले त्यही दिन चिलझपटी गाउँबाटै अरु शंकास्पद २५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

बिहीबार राति प्रयोगशालाले दिएको रिपोर्ट अनुसार २५ मध्ये १५ जनामा संक्रमण भेटिएको छ । वैशाख २८ गते गाउँमा ११ जनाको एन्टिेजन परीक्षणमा ७ जनामा संक्रमण भेटिनु र २५ जनाको पीसीआरमध्ये १५ जनामा संक्रमण पुष्टि हुनुले चिलझपटी गाउँभरि नै संक्रमण फैलिसकेको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले बताए ।

वैशाख २८ गते चिलझपटी गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीसँग भिटिएम सकिएकाले २५ जनाको मात्र स्वाब संकलन गर्न सकिएको उनले बताए ।
वैशाख २८ गते चिलझपटी गाउँका घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तापक्रम नाप्दा ज्वरोका १७६ बिरामी फेला परेका थिए । तर भिटिएम किट अभावले २५ जनाको मात्र स्वाब संलकन गर्न सकिएको साहले बताए ।

उक्त गाउँमा थप स्वाब संकलन गर्नका लागि भिटिएमका लागि सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दा पनि अहिलेसम्म भिटिएम उपलब्ध नभएकाले थप स्वाब संकलन गर्न नपाएको गुनासो उनको छ । उनले भने ,‘ हाम्रो अनुमानमा घरघरमा संक्रमित छन् , तर के गर्नु स्वाब संकलन नै गर्न पाएका छैनौं ।’

जगरनाथपुर गाँउपालिकामा बिहीबार रातिसम्म १४ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ११ जनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भइ सकेको छ । बाँकी ३ जनाको भने कोरोना परिक्षण नगरिएपनि उनीहरुमा देखिएको लक्षण, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ती तीनजनाको मृत्यु कोरोना संक्रमणकै कारण
भएको आशंका रहेको साहले बताए ।

साहका अनुसार , मृतक १४ मध्ये १० जना , वडा नम्बर ५ मा पर्ने चिलझपटी , धर्मपुर र मधुवाहा गाउँका हुन् । अन्य ४ जना मृतक भने वडा नम्बर १ , २ , ३ र ४ का हुन् । बिहीबार रातिसम्म संक्रमण पुष्टि भएका संक्रमितलाई उनीहरुको घरकै होम आइसोलेसनमा बस्न लगाइएको उनले बताए । उनले भने ,‘ त्यति धेरै गाह्रो कसैलाई पनि छैन , सामान्य ज्वरो रुघाखोकी मात्रै छ , त्यसैले सबैलाई होम आइसोलेसनमै बस्न लगाइएको छ, अवस्था बिग्रिए वा अक्सिजन आवश्यक परेमा वीरगन्ज स्थित पालिकाको आइसोलेसन सेन्टरमा लगेर भर्ना गरिदिन्छौं ।’

जगरनाथपुर गाउपालिकाले बुधबारदेखि वीरगन्जको रोधमाइस्थित होटल साह दरबारमा २५ शैयाको आइसोलेसन सेन्टर सन्चालनमा ल्याइसकेको छ । चिलझपटी गाउँमा मात्र नभइ गाउँपालिकाका ५ वटै वडाका घरघरमा ज्वरो , रुघाखोकी र स्वासप्रश्वासका बिरामी रहेको साहले बताए ।

त्यसैले गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबारदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो ,रुघा खोकी ,दमको औषधि वितरण गर्न थालेको छ । औषधी लिन आउनेहरुको स्वास्थ्य जाँच गरेर आवश्यकताका आधारमा औषधि वितरण गरिएको साहले बताए ।

शुक्रबार मात्रै करिब ३ सय जनालाई औषधि बाडिएको जानकारी साहले दिए । उनले भने, ‘ संक्रमण घरघरमै छ , त्यसैले यो औषधि बाँडेर केही हुँदैन , घरघरमा कोरोनाको जाँच गर्नुपर्छ अनि मात्र संक्रमण नियन्त्रणमा आउन सक्छ ।’

कोरोना संक्रमित र कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामी दिनहुँ मर्न थालेपछि चिलझपटी मात्र नभइ गाउँपालिकाका ५ वटै वडामा कोरोनाको त्रास बढेको स्थानीय सहरुम राउत गद्धीले बताए ।

गाउँपालिकाका जनप्रतिनिधिले समयमै ध्यान नदिँदा गाउँको अवधस्था भयावाह बन्दै गएको उनको आरोप छ । उनले भने,‘ गाउँपालिकाभरि नै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् , मान्छे पनि मरिरहेका छन् ,केही कोरोना पुष्टि भएर मरेका छन् , कोहि त्यसै मरेका छन् , तर जनप्रतिनिधिलाई केही मतलब नै छैन ।’ उनका अनुसार, गाउँपालिका अध्यक्ष जालीम मिया भने पत्निको उपचारका लागि विगत १ महिनादेखि काठमाडौंमा छन् ।

उनले भने ,‘ अध्यक्ष त बिरामी श्रीमती लिएर काठमाडौं छन् , तर यहाँ भएका गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षलाई समेत केही मतलब छैन । स्थानीय प्रशासनले भने जगरनाथपुर गाउँपालिकामा निषेधाज्ञा पूर्णरुपमा पलना गराउन मातहतका प्रहरी युनिटलाई निर्देशन दिएको छ । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले स्थानीय प्रहरी युनिटलाई मोनिटरीङ गर्न भनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah