कोरोना संक्रमणबाट १० दिनमा यहाँको एक परिवारका चार जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका चार जनाले उपचारको क्रममा अस्पतालमा ज्यान गुमाएका हुन् ।

विवाह उत्सव र भोजपछि बिरामी परेका उनीहरुमध्ये तीन जनाको धौलागिरी अस्पताल र एक जनाको पोखरामा मृत्यु भएको हो । वैशाख २४ गते ८७ वर्षका बाबु, वैशाख ३० गते ४० वर्षका छोरा, ३१ गते ५१ वर्षका छोरा र शनिबार ५३ वर्षीया छोरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

वैशाख १० र ११ गते उनीहरुको घरमा विवाह उत्सव थियो । त्यसपछि परिवारका सदस्य बिरामी पर्न थालेका थिए । उक्त गाउँका अन्य ४८ जनाभन्दा धेरैमा कोरोना संक्रमण भैसकेको छ । तीमध्ये अधिकांश घरघरमा बसेका छन् ।

केही जटिल समस्या भएकालाई भने अस्पताल भर्ना गरिएको छ । वैशाख ३१ गते उनीहरुको छिमेकी ७५ वर्षीय महिलाको पनि मृत्यु भएको थियो । उक्त विवाह उत्सवपछि एउटै टोलका ५ जनाको मृत्यु भैसकको हो । बडिगाड गाउँपालिकामा अन्य ३ जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ । बागलुङमा शनिबारसम्म कोरोनाबाट ७ सय जना सक्रिय संक्रमित छन् । कोरोनाबाट २४ जनाको मृत्यु भैसकेको छ ।
-इकान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah