बागलुङमा अहिले कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ। एक हप्ता अघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या सयभन्दा कम थियो। सरकारको निर्देशनविपरीत भएको भिडभाड र जमघटका कारण संक्रमितको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्।

धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो। त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो।

परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो । यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ ।

अधिकांश संक्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका कारण बडिगाड–४ मा अत्यधिक मात्रामा संक्र्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah