कोरोनाको दोस्रो लहरमा बालबालिका पनि अत्यधिक संक्रमित भइरहेका छन् । यस्तोमा भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले धेरैजसो बालबालिकाको हेरविचार वा उपचार घरमा नै गर्न सकिने बताएको छ । मन्त्रालयले बालबालिकामा कोरोनाको लक्षण देखिँदा वा कोरोनाद्वारा संक्रमित हुँदा उनीहरुको हेरविचारका लागि गाइडलाइन जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एक ट्वीटमा भनेको छ, ‘कोरोनाद्वारा संक्रमित धेरैजसो बालबालिकामा लक्षण देखिँदैन वा असाध्यै हल्का लक्षण देखिने गर्छ ।’

बालबालिकामा कोरोनाका साधारण लक्षणः

​ज्वरो

खोकी

सास फेर्न समस्या

थकावट

​घाँटी खसखस

मांसपेशी दुख्ने

जोर्नीमा मांसपेशीलाई हड्डीसँग जोड्ने कडा इलास्टिकजस्तो तन्तु दुख्नु

नाक बग्नु

गन्ध थाहा नहुनु

स्वाद नआउनु

पेट खराब हुनु

लक्षण बिनाका बालबालिकालाई कसरी हेरविचार गर्ने ?

स्वास्थ्य मन्त्रालयका अनुसार लक्षण बिनाका कोरोनाद्वारा संक्रमित बालबालिकालाई घरमा नै हेरविचार गर्न सकिन्छ । यस्ता बालबालिकाको पहिचान त्यतिबेला मात्रै हुन्छ जब उनीहरुको परिवारमा कसैलाई कोरोना संक्रमण देखिएपछि सबै परिवारको परीक्षण गरिन्छ ।

यस्ता बालबालिकामा केही दिनपछि घाँटी खराब हुने, नाक बग्ने, सास फेर्न गाह्रो नभइकन खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ । केही बालबालिकाको पेट पनि खराब हुनसक्छ ।

यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणको आधारमा उनीहरुको उपचार गर्ने गरिन्छ । यदि उनीहरुलाई ज्वरो आउँछ भने डाक्टरको सल्लाह अनुसार प्यारासिटामोल दिन सकिन्छ ।

लक्षण नदेखिएका बालबालिकाको अक्सिजनको स्तरलाई अक्सिमिटरको सहायताले लगातार निगरानी राख्नुहोस् । यदि अक्सिजनको स्तर ९४ प्रतिशतभन्दा कम हुन थाले, डाक्टरको सल्लाह लिनुहोस् ।

यदि कोही बालबालिका जन्मजात नै मुटुरोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अंगले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने डाक्टरको सल्लाहमा घरमा नै हेरविचार गर्न सकिन्छ ।

हल्का लक्षण भएका बालबालिकाको घरमा यसरी गर्नुहोस् हेरविचारः

आइसोलेशनः बालबालिकालाई घरमा नै छुट्टै कोठामा आइसोलेट गर्नुहोस् ताकि परिवारका अन्य मानिसहरुमा संक्रमण नफैलियोस् ।

ज्वरोः प्यारासिटामोलको मात्रा कति दिने त्यसबारे डाक्टर वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस् । डोजलाई ४ देखि ६ घण्टामा दोहोराउन सक्नुहुन्छ ।

डाइटः बच्चाको शरीरमा पानीको सही मात्रा स्थापित गर्नका लागि नरिवलको पानी, दालको रस, फलफूलको जुससमेत पौष्टिक आहार र सजिलै पच्ने खाना दिनुहोस् ।

इमर्जेन्सीः यदि बच्चाको लक्षण लगातार बिग्रन थाले, अक्सिजनको स्तर घट्न थाले तत्काल अस्पताल पुर्याउनुहोस् ।

केही बालबालिकामा मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम नामको नयाँ सिन्ड्रोम पनि देखिएको छ । यस्तो हुँदा बच्चालाई लगातार ३८ डिग्री सेल्सियस अर्थात् १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आइरहन्छ ।

बच्चामा मल्टी–सिस्टम इन्फ्लेमेट्री सिन्ड्रोमका लक्षणः

ज्वरो (लगातार १००.४ भन्दा बढी)

पेट दुख्ने

बान्ता

गर्धन दुख्ने

आँखा रातो हुने

असाध्यै थाक्ने ।

स्रोतः सेन्टर्स फर डिजिज कन्ट्रोल, अमेरिका

सावधानीः याद राख्नुहोस् कि सबै बालबालिकामा एउटै लक्षण हुन्छ भन्ने छैन ।

मल्टी सिस्टम इन्फ्लेमेट्री सिन्ड्रोम हुँदा कतिबेला डाक्टरलाई सम्पर्क गर्ने ?

यस्ता लक्षण देखिए बच्चालाई अस्पताल लैजान जरुरीः

सास फेर्न समस्या

छाती लगातार दुखिरहने ।

सुतेपछि उठ्न नसक्ने वा उठिरहन नसक्ने ।

छाला, ओठ वा नङ पहेँलो, खैरो वा निलो हुनु ।

पेटमा असाध्यै पीडा

स्रोतः सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी), अमेरिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah