मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): तपाई दिनभर शारीरिक र मानसिक थकान महसुस गर्नुहुनेछ। परिश्रम गरेअनुसार फल प्राप्त हुनेछैन। कामको भागदौडमा परिवारलाई समय दिन सक्नु हुनेछैन। पाचन प्रणाली प्रति गुनाअसि रहनेछ। तपाईको व्यवहारले अरुलाई हानि नहोस् यस कुराको ध्यान राख्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): हरेक कार्य पूर्ण विश्वास र मनोबलका साथ पूरा गर्नु हुनेछ। पिताको तर्फबाट लाभ प्राप्त गर्नुहुनेछ। विद्यार्थीको पढाईमा राम्रो प्रदर्शन रहनेछ। सन्तान अध्ययन वा अन्य मामिलामा खर्च हुनेछ। कलाकार र खेलाडीले आआफ्नो कला प्रदर्शन गर्नेछन्।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): नयाँ योजनाहरू सुरू गर्नका लागि अनुकूल दिन रहेको छ। व्यापारीले सरकारबाट लाबह प्राप्त गर्नेछ। भाइबहिनी र छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। प्रतिस्पर्धि समक्ष विजय प्राप्त गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): शारीरिक र मानसिक अस्वस्थता अनुभव अनुभव गर्नुहुनेछ। परिणामस्वरूप मनम नकारात्मक विचार उत्पन्न हुनेछ। कुनै गलत धारणाको कारण पारिवारिक मनमुटाव होला। विद्यार्थीको अध्ययनमा ध्यान जानेछैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : आत्मविश्वास र दृढ निर्णय शक्तिले कुनै महत्तपूर्ण निर्णय लिनुहुनेछ। समाजमा मान- प्रतिष्ठा वृद्दि हुनेछ। मन आनन्दित रहनेछ। पिता तथा अभिभावकबाट सहयोग प्राप्त गर्नुहुनेछ। वैवाहिक जीवन विवादित रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : शारीरिक अस्वस्थताका साथसाथै मानसिक चिन्ता बढ्नेछ। स्वास्थ्य गुनासो रहनेछ। परिवारका सदस्यसँग मनमुटाव हुन सक्ला। आकस्मिक पैसा खर्च हुनेछ। अदालती कामलाई ध्यान नदिनु नै राम्रो साबित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): विभिन्न क्षेत्रमा लाभ मिल्नाले शारीरिक र मानसिक रुपले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। साथीसँग भेटघाट र रमाईलो ठाउँमा भ्रमण गर्न जानुहुनेछ। घरायसी जीवनमा सुख-शान्ति अनुभव गर्नहुनेछ। उत्तम वैवाहिक सुख प्राप्त होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): तपाईको लागि दिन शुभ फलदायी रहेको छ। सबै कार्यहरू सहज रूपमा सम्पन्न हुनेछ। घरायसी जीवनमा आनन्द छाईरहनेछ। मान प्रतिष्ठा वृद्धि हुनेछ। रोजगार – व्यवसायमा प्रगति होला । उच्च अधिकारी र वृद्दबाट लाभ मिल्न सक्ला । सन्तानको प्रगतिले मन खुशी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): शरीरमा थकान र बेचैनी अनुभव गर्नुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। चिन्ताले मन व्याकुल रहनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। भाग्यले साथ नदिएको महसुस हुनेछ। उच्च अधिकारीहरूको रिसको शिकार बन्नुहुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : खानपिनमा ध्यान नराख्दा स्वास्थ्य समस्या हान सक्ला। व्यापारिक कार्यमा खर्च हुनेछ। नकारात्मक विचार र रिसलाई टाढा राख्नुहोला। साझेदारहरुसँग मतभेद खडा हुनेछ। रोजगार व्यवसायको क्षेत्रमा प्रतिकूल वातावरण रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): पूर्ण आत्मविश्वास र दृढ मनोबलको साथ, प्रेम र रोमान्सले दिन रंगीन बनाउनुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग परिचय र मित्रता हुनेछ। आनन्ददायक बसाई र भ्रमण हुनेछ। सार्वजनिक सम्मान – सम्मान बढ्नेछ। वैवाहिक खुशी प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):  घरमा शान्ति र आनन्दको वातावरण हुनाले आत्मविश्वासपूर्वक दैनिक काम गर्नुहुनेछ। यधपी स्वभाविक उग्रता र बोलीको आक्रामकतामा विशेष ध्यान राख्नुहोला। काममा सहयोगीको सहयोग पाप्त गर्नुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah