केही समयदेखि अभिनेत्री स्वेता तिवारी समाचारको हेडलाइनहरुमा छाएकी छिन् । उनले खतरा को खेलाडि ११ मा प्रवेश गरेपछि उनको चर्चा एकाएक चुलिएको हो ।
एक हप्ता अगाडि मात्र अन्य सहकर्मीहरुसँगै उनी पनि सुटिङ्गको लागि केपटाउन पुगेकी हुन् । उनी सुटिङको लागि त्यहाँ पुगेदेखि नै उनी चर्चाको शिखरमा छिन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरका कारण चर्चामा आउने गरेकी हुन् ।
शुक्रबार मात्र उनले साडी लुक्समा फोटो शेयर गरेकी छिन् । उनी फ्लोरल पिंक साडीमा अत्यन्तै सुन्दर देखिएकी छिन् । त्यस्को साथमा झुम्काले उनको सुन्दरतालाई झन् खुलाएको छ । कपाल छाडेर हल्का मुस्कानमा खिचेको उनको फोटोमा फ्यानहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।





