काठमाडौँ – कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिने कोप मध्ये केही खोप हानिकारक भएको चर्चा चल्न थालेको छ ।

रगत जम्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो खोपमा रोक समेत लगाइएको छ । अब भने वैज्ञानिकको समस्या समाधानको नजिक पुगेका छन् ।

जर्मनीका वैज्ञानिकले यो समस्या समाधान नजिक पुगेको बताएका छन् । शरीरमा रगत जम्ने विषयमा उनीहरुको अनुसन्धान केन्द्रित थियो ।

जर्मनका वैज्ञानिकले भ्याक्सिन लगाए पश्चात् रगत जम्नुको कारण पत्ता लगाएका हुन् । अध्ययनमा यसको कारण प्रोटिन जिम्मेवार हुनसक्ने सङ्केत देखा परेको बताएका छन् ।

डाक्टर ग्रीनैचारको टिमले एसट्राजेने र जोन्सन एन्ड जोन्सनको भ्याक्सिन मार्फत अध्ययन सुरु गरेको थियो । दुवै भ्याक्सिन प्रयोगकर्ता मध्य केहीमा रगत जम्ने समस्या देखिएको थियो ।

दुवै भ्याक्सिन एडिनोभाइरसलाई मोडिफाई गरेर तयार गरिएको हुँदा एकै प्रकारको समस्या देखिएको हुनसक्ने अध्ययनले देखाएको छ ।

एडिनोभाइरस यो समूह अन्तर्गतको भाइरस हो जसले सामान्य रुघाखोकी सिर्जना गर्ने गर्छ ।

यही भाइरसलाई मोडिफाई गरेर भ्याक्सिन तयार गरिएको थियो ।

यसैको स्वरूप बदलेर भ्याक्सिन बनाइएकोमा केही व्यक्तिमा खोप लगाए पश्चात् समस्या देखिएको थियो ।

चिनको कैनसिनो बायोलजिक्स र रुसको गामालेया रिसर्च सेन्टरले समेत यही भाइरसको प्रयोगद्वारा भ्याक्सिन बनाइएको थियो ।

तर यी दुई भ्याक्सिनमा भने यस्ता केही समस्या देखिएको छैन ।

बेलायतमा भने यही भाइरसद्वारा बनाइएको भ्याक्सिनमा समस्या देखिएको थियो ।

दुई करोड भन्दा बढीमा भ्याक्सिन लगाएको भए पनि जम्मा १६८जनामा रगत जमेको थियो ।

त्यस्तै अमेरिकामा ९० लाखमा डोज दिएकोमा २८वटा केस सार्वजनिक भएको थियो ।

तसर्थ यो समस्यालाई दुर्लभ समस्याको रूपमा लिन सकिन्छ ।

तर थोरैमा समस्या देखिए पनि आगामी भ्याक्सिन निर्माणमा सुधार गर्नु पर्ने तर्फ ध्यान दिन सकिने सोधकर्ताको तर्क छ ।

यसो गर्नाले आगामी भ्याक्सिन प्रयोगकर्तामा कुनै समस्या नदेखियोस् ।

भ्याक्सिनमा भएको प्रोटिन शरीरमा रोग प्रतिरोध क्षमता बढाउन प्रयोग हुन्छ ।

खोप लगाउनासाथ यो शरीरभर फैलिन्छ ।

शरीरमा भएका तत्त्व सँग रियाक्सन हुँदै गर्दा कतिपयमा भने यसले समस्या सिर्जना गर्छ ।

यसका साथै रगत सँग मिलेर रगत जम्न सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah