‘मानिसहरुले मलाई ठूलै स्ट्यान्ड अफ कमेडियन’ मान्दा रहेछन् । तर, प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरेर बाबालाई अगाडि राखेर एउटा लाइभ शो देखाउने मन थियो । म यो कुरामा असफल भएँ ।’
बुबा बिनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमा व्यक्त गरेको भनाई हो । अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पुरा समय हुन नपाउँदा निधन भएको भन्दै आदर्शकले बुबाल बचाउन नसकेको बताएका छन् ।
आफ्नै युटुब च्यानलमा एक भिडियोमार्फत आदर्शले भनेका छन्–‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ । किनकी, २ महिना अगाडि मात्र मेरो बाबालाई तपाइको डायलसिस यहाँ हुन सक्दैन भनेर नेशनल मेडिकल कलेजले हामीलाई निकालिदियो । सरकारबाट एउटा बिरामीको डायलसिस गरेको ३५ रुपैयाँ लिने अनी बिरामीलाई आवश्यक पर्दा धपाइदिने ? यो कस्तो नियम हो ।’
आदर्शकले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् । उनले भनेका छन्–‘बुबा मंगलबार बिहान भरतपुर अस्पतालमा बित्नुभयो । मैले मेरी आमालाई भन्न सकिनँ । आमा अझै पनि डिप्रेशनको औषधी खाइरहनुभएको छ । मैले आमालाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरेको छु, बुबालाई लिएर जानुपर्छ भनेर झुटो बोले । अस्पताल लैजाने भनेर मैले बुबाको शवलाई दाहासंकार गर्न लिएर गएँ ।’
आदर्शले आफूलाई धेरैले आफ्नो नामबाट बुबा चिनिएको भन्दै यसमा गर्व गर्नुपर्ने बताएपनि बुबाको नामबाट आफू चिनिएको बताएका छन् । उनले भनेका छन्–‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन् । मेरो बुबाले चलाएको स्कुल अहिले विजोग छ । उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो । केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर । तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं । भारतको विरोध गरेर चुनाव जित्यौं । तिमी राम्रो नेता होइन केपी ओली ।’
यो पनि पढ्नुहोस
निश्चलको गुनासो–‘विग्रेको व्यवस्थाको शिकार हामी पनि कहिले हुन्छौं भन्ने डर लाग्छ’
आदर्शले आफ्ना पिताले आफूलाई निधन हुनुभन्दा अगाडि २ दिन अगाडि नचिनेको पनि उल्लेख गरेका छन् । उनले, एनएमसी र नारायणी अस्पताल मिलेर आफ्नो पिताको जीवन खाइदिए भन्दै यसका विरुद्ध लड्ने प्रयास जारी राख्न सबैसँग अपिल गरेका छन् ।
आदर्शले एनएमसीका संचालन बसुधिन अन्सारी निकै नै शक्तिशाली मानिस रहेको भन्दै उनलाई कसैले पनि कारवाही गर्न नसक्ने उल्लेख गरेका छन् ।
तर, आफूलाई बाबाको सम्पूर्ण काजिक्रिया गर्न दुई साता लाग्ने भन्दै आदर्शले यसपछि आफू यसका विरुद्ध लड्ने भन्दै सबैलाई यसमा अगाडि बढ्न समेत अपिल गरेका छन् ।
अनलाइन खबर बाट



